९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथमा पुन: क्वारेन्टाईन निर्माण


कोहलपुर/बैजनाथ गाउँपालिकामा पुन क्वारेन्टाईन सञ्चालनमा ल्याउने निर्णय भएको छ । भारत र तेस्रो मुलुक बाट आउने लाई राख्नका लागी क्वारेन्टाईन पुन सञ्चालनमा ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको हो ।
कार्यपालिकाको सोमवारको बैठकले यस्तो निर्णय गरेको प्रेस सल्लाहकार रबि रोकायले जानकारी दिए ।
आईतवार नयाँ कोर्स अनलाईनमा बैजनाथ गाउँपालिकाले भारतबाट आएकालाई क्वारेन्टाईन्मा नराखेर सिधै घर पठाउने गरेको समाचार प्रकाशित भएको थियो ।
प्रेस सल्लाहकार रोकायले वडा नं १,२,३र ४ को लागि वडा नं २ को जनता आर्दश मा।बि मा ४० शैयाको क्वारेन्टाईन र वडा नं ५,६,७र ८ लाई पाएक पर्ने गरि वडा नं ५ को प्रथमिक स्वाथ्य चौकीमा २० शैयाकोे क्वारेन्टाईन बनाउने निर्णय भएको नयाँकार्स लाई जानकारी दिए ।

Nabintech