१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपलिकाद्धारा हचुवाको भरमा निजी कम्पनीलाई २ करोड अनुदान

गाउँ देखी सय मिटरको दुरीमा फोहर मैला व्यवस्थापन केन्द्र



 

कोहलपुर /कोहलपुर नगरपालिकाले डम्पीङ साईड निर्माणका लागी भरखरै खुलेको निजी कम्पनीलाई २ करोड अनुदान दिने सम्झौता गरेको छ । फोहर मैला व्यवस्थापनका क्षेत्रमा कुनै पनि अनुभव नभएको र भरखरै खुलेको निजी कम्पनीलाई २ करोड अनुदान दिने नगरपालिकाले निर्णय गरेको हो ।
कोहलपुर नगरपालिका वडा नं ९ मा भरखरै खुलेको जटायु रि–साईकिलर्स प्रा.ली.संग साझेदारमा २ करोड कोहलपुर नगरपालिका र ९८ लाख सो सस्थाकोे साझेदारमा फोरह मैला व्यवस्थापन गर्ने गरि सम्झौता भएको कोहलपुर नगरपालिका बिपत व्यवस्थापन शाखा प्रमुख पुरुषोतम पोख्रेलले जानकारी दिए ।
शाखा प्रमुख पोख्रेलका अनुसार बातावरणीय प्रभाव मुल्याङकन बिना नै लगानी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र खोल्ने निर्णय भएको हो । सम्झौता पछि काम समेत अगाडी बढाईएको उनले जानकारी दिए । नयाँ कोर्ससंगको कुराकानीमा पोख्रेलले प्रसोधन केन्द्र खोल्नका लागि वातावरणीय प्रभाव मुल्याङकन गर्नु नपर्ने बताए ।
उक्त कम्पनी सञ्चालक मध्येका एक हरि केसीले भरखरै मात्रै उक्त कम्पनी खोलिएको स्विकार गर्दै आफुहरुले घर घर बाट नै फोरह मैला बर्गिकरण गरेर उठाउने सोचमा रहेको बताए । आफुहरुको नाममा रहेको ३ बिगाह क्षेत्रफलमा कोहलपुर नगरपालिकाको २ करोड र आफुहरुको ९८ लाख लागतमा फोहर मैला प्रशोधन केन्द्र बनाउन लागिएको जानकारी दिए ।
भाद्र महिना देखि घर घर बाट फोहर उठाएर उक्त स्थानमा लगि प्रसोधन गरिने उनको भनाई छ । कुहिने र नकुहिने फोहर मैलालाई अलग अलग तरिकाले प्रसोधन गरिने उनले नयाँकोर्स लाई बताए ।

गाउँ देखी सय मिटरको दुरीमा फोहर मैला व्यवस्थापन केन्द्र

कोहलपुर नगरपालिका वडा नं ९ मा साझेदारमा निर्माण गर्न लागिएको फोहर मैला प्रशोधन केन्द्र झण्डहवा गाँउ देखी १ सय मिटरको दुरीमा छ । गाउँ देखी १ सय मिटरको दुरीमा प्रसोधन केन्द्र निर्माण गर्न लागिएको भन्दै स्थानियले बिरोध जनाएका छन ।

चिल्ड्रेन पार्क बनाउन भनेर प्रसोधन केन्द्र आसपासका केही स्थानियसंग सहमति गरेको र हाल डम्पीङ साईट निर्माण गर्न लागिएपछी आफुहरु बिरोधमा उत्रिएको छोटे पासीले बताए । उनले उक्त स्थानमा कुनैपनि हालतमा डम्पीङ साईड निर्माण गर्न नदिईने बताए ।
फोहर मैला प्रसोधन केन्द्र नबनाउन भन्दै सयौको सख्यामा स्थानियको हस्ताक्षर कोहलपुर नगरपालिकालाई बुझाउन लागिएको बताउदै उक्त केन्द्र बनाउन नरोकीय जस्तो सुकै आन्दोलनमा उत्रन तयार रहेको उनले बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थानिय नेता एंव वडा ईन्चार्ज प्रज्वल न्यौपानेले जनताको स्वाथ्यमाथी स्थानिय सरकारले गम्भीर खेलवाड गरेको भन्दै सो कार्य रोक्न माग गरे । उक्त कार्य नरोकीय जनता जस्तो सुकै आन्दोलन गर्न पनि तयार रहेको नयाँ कोर्सलाई बताए । कानुन व्यवसायी समेत रहेका न्यौपानेले बातावरणीय प्रभाव मुल्याङकन बिना फोहर मैला व्यवास्थापनको काम गर्न नपाईने बताए । उनले चिल्ड्रन पार्क भन्दै केही स्थानियसंग सहमती लिएको पाईयो । तर जनतालाई भ्रममा राखेर गाउँ देखी १ सय मिटरको दुरीमा फोहर जन्य उद्योग खोल्नु गम्भिर गल्ती भएको बताए । उनले जन स्वाथ्यमा असर पर्नेसक्ने त्यस्तो उद्योग खोल्न वडा र नगरपालिकाले सर्बदलिय छलफल गर्नु पर्ने बताउदै त्यसो नगरीएकाले उक्त कार्य कुनै हालतमा मान्य नहुने धारणा राखे ।
फोहर मैला प्रसोधन गरिने बताईए पनि नयाँकोर्सकर्मी उक्त स्थानमा पुग्दा सो स्थानमा प्रसोधनको कुनै उपकरण थिएन । प्रसोधन केन्द्र बनाउने भन्दै केही जग्गामा तारजाली गरिएको थियो । सो जाली लगाएको स्थान बाहीर भने फोहरको डंगुर थियो । हाल डम्पीङसाईड बार बेरको काम समेत नसकिदै फोहर मैला फाल्न सुरु गरिएको छ । फोहर मैला फल्न थालिए पछि गाउँमा दुगन्ध आएको स्थानियको भनाई छ । फोहर मैलामा मेडीकल जन्य फोहर मैला समेत रहेको स्थानियको भनाई छ ।
स्थानिय नरेन्द्र हरिजन हाल डम्पीङसाइट बाहिर फालिएको फोहमा हस्पीटलको सिरिन्ज लगायतका फोहरहरु समेत रहेको बताए ।
कोहलपुर क्षेत्रमा फोहर मैला व्यवस्थापनको काम गर्दै आएको लुमन्ती नामक गैर सरकारी सस्थाका लाल बहादुर रानाले फोहर मैला व्यवस्थापनमा आफुहरुले नगर पलिकालाई निःसुल्क प्राबिधीक सहयोग गर्ने प्रस्तावना पेश गरेको भएपनि नगरपालिका तयार नभएको बताए । उनले अनुभव नै नभएको संस्थालाई करोडौ लगानि गर्नु गलत भएको बताए ।
कोहलपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष् संग सो बारे बुझने प्रयास सफल हुन सकेन । वडा सदस्य बलिराम यादवले गाउँको नजिकै फोहर मैला व्यवस्थान राख्ने वडा पालिकाको कुनै छफलन नै नभएको जानकारी दिए ।

Nabintech