४ कार्तिक २०७७, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
१८ किलो चरेस सहित ३ पक्राउ


प्रहरीले कपिलबस्तुको चनौटाबाट प्रतिबन्धित लागू औषध १८ किलो चरेस सहित तिनजनालाई नियन्त्रणमा लिएको छ । पाँच नंम्बर प्रदेश प्रहरी ब्यूरोको टोलीले प्रतिबन्धित लागू औषध १८ किलो चरेस सहित तिनजनालाई नियन्त्रणमा लिएको हो ।
आइतबार बिहान ब्युरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्री नेतृत्वको टोलीले रोल्पा सुनछाहरी–२ का ४१ व्र्षिय गोपी बुढा, दाङ्ग राप्ती गाउपालिका–१ घरभई हाल कपिलवस्तु शिवराज गरपालिका–५ का ४१ व्र्षिय जितमान मिया, ३१ वर्षिय रामतुला मियाको साथबाट सो चरेस र रा ४ प १११५ मोटरसाइकल समेत बरामद गरेको हो ।
उनीहरुलाई बरामदी मुचुल्का गरी आवश्यक अनुसंन्धान र कारवाहीको लागि ईलाका प्रहरी कार्यालय चनौटाको जिम्मा लगाईएको प्रहरी निकट स्रोतले जनाएको छ ।

Nabintech