२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजनाथ गाउँपालिकामा भारत बाट आउनेलाई सिधै घर पठाइयो


कोहलपुर (बाँके)/ जिल्लामा कोरोनाले महामारीको रुप लिई रहदा स्थानीय तह पालिकाहरु भने कोराना नियन्त्रणका लागी गैर जिम्मेवार देखिएका छन । बाँके जिल्लामा महामारीका कारण बिगत १ हप्ता देखी पुन निषेध आज्ञा लगाउनु पर्ने अवस्था सृजना भएको छ । तर, बैजनाथ गाँउपालिकाले भारत बाट आउनेहरुलाई क्वारेन्टाईनमा राख्नुको साटो सिधै घर पठाउने गरेको पाईएको छ ।
गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण राज शाहीले कार्यपालिकाको निर्णय अनुसार सामान्य स्वास्थ्य जाँच गरेर घर पठाउने गरेको जानकारी दिए । शाहीका अनुसार उनिहरुलाई सामान्य सोधपुछ र ज्वरो जाँच गरेर घर अर्थात होम क्वारेन्टाइनमा पठाउने गरिएको छ । शाहीले दोस्रो पटक जारी गरेको निषेध आज्ञा पछि १८ जना पालिकाको सम्पर्कमा आएको र उनिहहरुलाई समान्य जाँच पछि घर पठाईएको जानकारी दिए ।
लकडाउन खुलेको समयमा कति आए भन्ने रेकर्ड पालिकासंग नगरहेको उनको भनाई छ ।
राज्यका निकायले बनाएका क्वारेन्टाईन त स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नगरेको अवस्थामा भारत बाट आएकालाई होम क्वारेन्टान भन्दै घर पठाउनु गलत भएको स्थानियको भनाई छ । बैजनाथ ४ का आकासी सञ्जेल धितालले भारतबाट आएकाहरुलाई सिधै घरमा पठाउँदा समुदायमा त्रास फैलिएको नयाँ कोर्सलाई बताए । उनले बैजनाथ ४ मा मात्रै झण्डै २० जनाको संख्यामा भारतबाट आएको हुनसक्ने बताए । उनका अनुसार ति मध्ये केहीलाई समान्य ज्वरो आएको अवस्थामा पनि घर पठाईएको थियो ।
बैजनाथ ४ का वडा अध्यक्ष काली बहादुर सिंहले पछिल्लो समय झण्डै २० जना भारतबाट आएको र उनिहरुलाई होम क्वारेन्टाईन भन्दै घर पठाईएको जानकारी दिए । उनले आफुहरुको सम्पर्कमा आएकाहरुको संख्या २० भए पनि वास्तबिक संख्या बढि हुनसक्ने बताए ।
२० मध्ये १५ जना लक गाउन खुले पछि आएका हुन भने ५ जना पुनः दोस्रो पटक लक डाउन लागेपछि पालिकाको नगर स्वास्थ्य शाखाले स्वास्थ्य जाँच गरेर घर पठाएको हो ।
बैजनाथ नगर स्वास्थ्य शाखा प्रमुख शाहीले कार्यपालिकको निर्णय अनुसार त्यसो गरिएको जानकारी दिदै हाल बैजनाथ आउने भारत र तेस्रो मुलुकबाट आउने नागरीकहरु लाई होम क्वारेन्टान अर्थात घर पठाउने गरेको बताए ।

Nabintech