२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कक्षा ११ को परीक्षा तत्काल सञ्चालन नहुने


काठमाडौं/ कक्षा ११ को परीक्षा तत्काल नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयहरूलाई कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन छ। बोर्डले एक सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो । कोरोना भाइरस संक्रमणका कारण सरकारले गएको चैत ११ गतेदेखि नै सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो । कहिले खोल्ने भनेर अहिलेसम्म निर्णय गरेको छैन ।

तर केही विद्यालयले परीक्षा सञ्चालनको तयारी गरेपछि विद्यार्थी र अभिभावकमा त्रास बढेको भन्दै विद्यालय पुनः खोल्ने निर्णय नभएसम्म परीक्षा नलिन भनिएको छ । कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि अनुसार वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था छ ।

Nabintech