२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अनुगमन सँगै कोरोना सचेतना जागरण फैलाउदै साँसद अथक


कोहलपुर / बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज (अथक)ले आफ्नो निर्बाचन क्षेत्रका बिकास निर्माणका योजनाहरुको अनुगमन र भेटघाट लाई तिब्रता दिएकाछन । उनले अनुगमन र भेटघाट सँगै कोरोना सचेतना सम्बन्धि जागरण लाई पनि उत्तिकै प्राथमिकता दिएकाछन बाँकेमा कोरोना स्ँक्रमितको सँख्या बढ्दै गएपछि साँसद अथकले कोरोना जागरणका लागि २० मिनेट समय छुट्याएर प्रशिक्षणमुलक भनाइ राख्ने रणनिति बाएको साँसद अथकले जानकारी गरए । सुक्रबार कोहलपुर नगरपालिका वडा नँ २ मा रहेको दलित सँग्रहालय र वडा नँ ११ मा रहेको गन्धर्व बस्तिको अनुगमन गरेकाछन । दुबै स्थानको अनुगमनका क्रममा साँसद अथकले बिकास निर्माणका बिषयमा छलफल गर्नुका साथै उनले करिब २० मिनेट जतिको समय कोरोना बाट वचन सचेतनामुलक भनाइ राखेका थिए । उनले केही दिन अघि राप्तिसोनारी र नरैनापुरमा गरिएको अनुगमन तथा छलफलमा पनि कोरोना सम्धी जानकरीमुलक भनाइ राखेका थिए । बिकास निर्माण सँगै अहिलेको कोरोना महामारीको विषम परिस्थिमा सबैले कोरोना सम्बन्धि सचेतना वा जगारणमुलक कार्यका लागि समय छुट्याउनुपर्ने बताए ।

Nabintech