२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिका भित्र बेथिती : १२ पिलर मर्मत गरेर १५ लाख झ्वाम


कोहलपुर/कोहलपुर नगरपालिका वडा नं ११ को ज्ञान ज्योती माध्यामिक विद्यालय बगिया स्कुलमा १२ ओटा पिलर मर्मत गरेर १५ लाख भुक्तानी दिएको पाईएको
छ । भुकम्प प्रतिरोधात्मक भवन बनाउनका लागि २ कोठे भवनको १२ ओटा पिलर मर्मत वापत १५ लाख भुत्तानी दिईएको स्कुलका प्रध्यानाध्यापक गोबिन्द श्रोष्ठले जानकारी दिए ।

शिक्षा मन्त्रालयले भुकम्प प्रति रोधात्मक भवन निर्माणका लागि २०७५/७६ मा १५ लाख निकासा गरेको थियो । भवन निर्माणका लागी बिद्यालयको प्रयाप्त जग्गा नहुँदा बिद्यालय व्यवस्थाप समितीले निर्णय गरेर निर्माण व्यावसायी अर्जुन पनेरु लाई कामको जिम्मा दिईएको प्र.अ. श्रोष्ठले जानकारी दिए । उनले मर्मत बापतको १५ लाख भुक्तानी भई सकेको बताउदै माथिल्लो तलाको भुक्तानी भने बाँकी रहेको बताए ।

पुरानो पिलर मर्मत गरेर २०७६/७७ आएको थप १५ लाख बजेटले माथिल्लो तला निर्माण गरीएको थियो । माथिल्लो तला निर्माण गर्ने क्रममा भवनको बिम २ ईन्च तल भासिएपछि भवनको ढलान रोकीएको बिद्यालय व्यवस्थापन समिती सदस्य देबि लाल बोहराले जानकारी दिए । बोहराका अनुसार पिलर मर्मत गर्ने क्रममा तल हाति पाईले देखि मर्मत नगरेर जमिन सतह देखि मात्रै मर्मत गर्दा समस्या पैदा भएको नयाकोर्सलाई बताए । बोहराले बिद्यालय व्यवस्थापन समितीको गलन कार्यले भुकम्प प्रतिरोधी बनाउदा भवन झनै कमजोर भएको गुनासो गरे । उनले भवन भित्र बिद्यार्थी राखेर पठाउन जोखिम रहेको नयाँकार्सलाई जानकारी दिए । उनले भवनको बिम ठाँउ ठाउँमा चर्किएकाले जोखीम बढेको नयाँकार्सलाई जानकारी दिए ।

कोहलपुर नगरपालिकाका प्राविधिक महादेब जोसीले भवन ढलान गर्दा  थप समस्या आउन सक्ने भएकाले ढलान रोकेर टिनको छानो लगाउने तयारी भई रहेको बताए ।

कोहलपु नगरपालिका वडा नं ११ का अध्यक्ष एंव सोही बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष कर्ण बहादुर थापाले प्राबिधीकको सल्लाह अनुसार पहिला र्ममत गरिएको र पछि निर्माणका क्रममा समस्या आएपछि ढलान रोकेर टिनको छानो लगाउने तयारी गरिएको जानकारी दिए । थापाले भुकम्प प्रतिरोधी बनाउनका लागि पिल्लर र्ममत र रंग रोगनमा १५ लाख लागेको जानकारी दिए । यस बर्ष आएको थप १५ लाखले माथिल्लो तला बनाउदै थियौं समस्या आयो अध्यक्ष थापाले भने् ।

Nabintech