१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुर नगरपालिकामा बेथिती : अधिकांस गौरवका आयोजना अलपत्र


कोहलपुर (बाँके)/ कोहलपुर नगरपालिका भित्र गौरवका भनिएका आयोजनाहरुनै अलपत्र अवस्थामा रहेको पाईएको छ । कतिपय आयोजनाहरु रकम अभावमा काम रोकिएको छ । कतिपय आयोजनामा रकम खर्च गर्न नसकेर फिर्ता गएको
छ । बिधीसंगत तरीकाले काम हुन नसक्दा आउने प्रमुख प्रशासकिय अधिकृत पनि एक बर्ष पुरा नहुदै सरुवा हुन आतुर हुने गरेका छन ।

कोहलपुरको भ्यू टावर


कोहलपुर नगरपालिका वडा नं ११ मा निर्माण भई रहेको भ्यू टावर कोहलपुर नगरको गौरवको आयोजना हो । नगरपालिकाका प्रमुल लुट बहादुर रावतले सार्वजनिक कार्यक्रममा भ्यू टावर नगरको गौरवको आयोजना भएको बताउने गरेका छन । तर, नगरको गौरवको आयोजना भनिएपनि सो आयोजना कार्यन्वयनका लागी नगरपालिकासंग आर्थिक श्रोत छैन । श्रोत बिना नै कोहलपुर नगरपालिकाले भ्यू–टावर निर्माणका लागी टेण्डर आव्हन गरेको थियो ।
कोहलपुर ११ गोलपार्कमा भ्यू टावरका लागि ७ करोडको टेण्डर आव्हान गरेको थियो । ७ करोडको टेण्डर ५ करोड ८८ लाखमा एसोसिएट जय भवानी जेभिले स्वीकार गरि निर्माण कार्य समेत द्रुत गतिमा अगाडि बढाई सकेपछि रकम अभाव भएकाले काम रोकीएको छ । निर्माण कम्पनिका प्रतिनिधी अर्नुन पनेरुले काम गरि बिल भरपाई अनुसारको रकम भुक्तानिका लागि नगरपालिकामा पेश गरे पनि श्रोत अभाव भएको भन्दै रकम निकासा नदिएकाले काम रोकीएको जानकारी दिए ।
कोहलपुर नगरपालिका श्रोतका अनुसार नगरपालिकासंग रकम अभाव भएकाले भ्यू टावर निर्माणको काम कोहलपुर नगर बिकास समितीलाई हस्तान्तरण गर्ने सोच कोहलपुर नगरपालिकाको छ । तर कोहलपुर नगर बिकास समितीले ४ करोड बढी खर्च गर्नका लागी भौतिक पुर्वाधार मन्त्रलाय बाट पुर्व अनुमती लिनु पर्ने हुन्छ । तर नगर बिकास समितीसंग पुर्व अनुमिती नलिएकाले भ्यू टावर निर्माण अलपत्र हुने देखिएको छ ।
सोही कारण हाल भ्यू टावर निर्माणको काम रोकीएको ठेकेदार कम्पनीले जनाएको छ ।

कोहलपुर पशु बधशाला


कोहलपुरमा निर्माण गरिने पशु बधशाला अलपत्र अवस्थामा छ । सुरुमा कोहलपुर १२ र हाल कोहलपुर ११ मा निर्माण गरिन लगोको बधशाला नगरको गौरवको आयोजना हो । बधशाला निर्माणका लागि कोहलपुर नगरपालिकाले ठुलो जनशक्ति खर्च गरेर लागे पनि प्रदेश सरकारले छुट्याएको अधिकांस बजेट फ्रिज भएको छ । आर्थिक ०७५/०७६ मा २ करोड रकम फ्रिज भएको थियो । आर्थिक बर्ष ०७६\०७७ मा ७ करोड बजेट निकासा गरेको थियो ।
७ करोड मध्ये ५ करोढ ५० लाख बढि रकम फिज भएको कोहलपुर नगरपालिका श्रातले जानकारी दिएको छ । १ करोड ४० लाखको बधशाला निर्माण गर्ने जग्गा संरक्षणका लागि तटबन्ध गरिएको कोहलपुर नगरपालिका श्रोतले जानकारी दिएको छ । जग्गा संरक्षण बाहेक २ ओटा आर्थिक बर्षमा एउटा ईटा थप्ने काम भएको
छैन ।
२ आर्थिक बर्ष सम्म काम हुन नसक्दा बधशाला निर्माणको प्रदेश सरकारको योजना यत्तिकैमा रोकिन सक्ने श्रोतका दाबी छ ।

कवर्ड हल


कोहलपुर नगरपालिकाको अर्को गौरवको आयोजना कोहलपुर कवर्ड हल हो । कोहलपुर कवर्ड हल निर्माणका लागी कोहलपुर नगरपालिका वडा नं २ मा केही संरचना निर्माण भएको छ । आर्थिक ०७५/०७६ मा जग खन्ने काम भएपनि आर्थिक बर्ष ०७६/०७७ कुनै काम भएन । ०७६/०७७ झण्डै ८० लाखको रकम फ्रिज गरेको छ । सो काम गर्नका लागि नगरपालिकाले टेण्डर समेत खोल्न सकेन ।
नगरपालिका श्रोतका अनुसार डिपिआर निर्माण नै गलत तरिकाले बनेकाले गत आर्थिक बर्षमा काम हुन नसकेको हो । टेण्डर नै गर्न नसकेका कारण गौरवको आयोजना अलपत्र अवस्थामा छ ।

Nabintech