२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा बेथिती : ५ ओटा पोल गाडन २ लाख १० हजार भुक्तानी

उपाभोक्ता समितीका अध्यक्ष भन्छन : २ लाखको चेक बारे जानकारी छैन



कोहलपुर/कोहलपुर नगरपालिका वडा नं २ को त्रिपुरा गण देखी इन्द्रेणि चोक सम्म जोडने सडक कालोपत्रे बाटो छेउका ५ ओटा नयाँ पोल गाड्न कोहलपुर नगरपालिकाले २ लाख १० हजार भुक्तानी गरेको छ ।


५ ओटा पोल गाडनका लागि त्रिपुरा गण देखि इन्द्रेणि चोक सम्म जोडने सडक निर्माण उपभोक्ता समितीलाई कोहलपुर नगरपालिकाले सो रकम भुक्तानी गरेको हो ।
स्थानीय वासिन्दाले दिएको जानकारी अनुसार उपभोक्ता समितीले ५ ओटा पोल गाडेर २ लाख  १० हजार   रुपैया निकासा गरिएको जानकारी दिए । बाटो निर्माण उपभोक्ता समितीका अध्यक्ष सुरेश थारुले सो चेक बारे अनबिज्ञता प्रकट गरेका छन ।
तर, कोहलपुर नगरपालिकाले उक्त उपभोक्ता समितीको नाममा २ लाख १० हजार चेक काटेर भुक्तानी गरेको पाईएको छ । सो बाटो निर्माणका लागी निर्माण कम्पनिलाई ठेक्कामा दिईएको भएपनि उपभोक्ता समितीका नाममा रकम भुक्तानि गरेको हो ।
बाटोको रकम कटौती गरेर ५ ओटा पोल गाडन २ लाख १० हजार भुक्तानि गरिएको हो । रकम अभाव भन्दै बाटो पिचको काम रोकीएको तर, पोल गाडन उपभोक्ता समितीलाई काम गर्न दिईएको स्थानीय वासिन्दाले जानकारी दिए ।
सो बाटो कालोपत्रे गर्ने क्रममा कोहलपुर नगरपालिकाले रकमको अभाव हुने भन्दै निर्माण कम्पनीलाई काम रोख्न लगाएको थियो । तर,सोही आयोजनाको करिब ४० लाख रकम फ्रिज गरे पछि कोहलपुर २ को मोति भुषालको घरदेखि बसन्ती अधिकारीको घर हुँदै बिकास रावलको घर सम्मको करिव ३ सय ५० मिटर बाटो अलपत्र परेको निर्माण कम्पनीले बतायो ।

Nabintech