कोहलपुर/बाँके, बर्दिया र कैलालीमा ४२ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पतालका अनुसार बाँकेका २८, बर्दियाका १३ र कैलालीका १ जनामा कोरोना पुष्टि भएको हो ।
बाँकेमा नेपालगन्ज उपमहानगरपालिकाका २५ जना र खजुरा गाउँपालिकाका ३ जना थपिएका हुन् । यो संगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ४ सय ९८ पुगेको छ । हालसम्म ३ सय ९४ जना निको हुँदा २ जनाको भने मृत्युु भएको छ ।