६ कार्तिक २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगञ्ज नाकाबाट तीस बुलेट ग्यास भित्रिए


राजधानी लगाएतका सहरमा ग्यासको हाहाकार देखिए पनि नेपालमा भित्रिने ग्यासको आयात भने अहिलेसम्मकै उच्च देखिएको छ । तीन दिनमा नेपालगञ्ज भन्सार नाका भएर ३० बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार २८ गते जम्मा ११ बुलेट ग्यास यो नाकाबाट आएको थियो जसमा भेरी ग्यास उद्योगको सात, मनकामनाको तीन र राप्ती ग्यास उद्योगको एउटा बुलेट थियो ।
बिहीबार २९ गते ६ बुलेट ग्यास यो नाका भएर भित्रिएको छ जसमा भेरी र राप्तीका ३९३ बुलेट छन् । यस्तै ३० गते यो नाकाभएर १३ बुलेट ग्यास नेपाल भित्रिएका छन् जसमा भेरीको ९ र मनकामना ग्यास उद्योगको ४ बुलेट रहेको निगमले जनाएको छ ।
नेपाल आयल निगमले दिएको जानकारी अनुसार पछिल्लो चार दिन९शुक्रबारसम्म० मा मात्रै पाँच वटा नाकाबाट ४ सय ८१ बुलेट ग्यास नेपाल भित्रिएको छ । निगमकाअनुसार एक बुलेट ग्यासबाट करिब आठ हजार ५ सय वटा सिलिण्डर भर्न पुग्छ । निगमकाअनुसार चार दिनमा भित्रिएको ग्यासका बुलेटबाट करिब ४० लाख ८८ हजार ग्यासका सिलिण्डर भर्न सकिन्छ ।
करिब एक सातामा काठमाडौंको त्रास कम भएपछि अन्य शहरमा पनि प्रशस्त मात्रामा ग्यास आपूर्ति बढाउन निगम लागिपरेको नेपाल आयल निगमले जानकारी दिएको छ। ‘अहिलेसम्मकै धेरै ग्यास मुलुकमा आयात भएकाले ग्यास प्रशस्त मात्रामा उपलब्ध हुन्छ, ग्राहक आत्तिनु पर्दैन ।
नेपालमा मासिक कुल ३८ लाख मेट्रिकटन ग्यास खपत रहे पनि निगमले यसलाई बढाएर मासिक ५० लाख मेट्रिकटन छ ।

Nabintech