२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
क्रमिक रुपमा सवै समस्याहरुको हल हुन्छ : साँसद अथक


कोहलपुर / बाँके क्षेत्र नं १ का संघीय सांसद महेश्वर गहतराज अथक ले आफ्नो निर्वाचन क्षेत्र राप्तीसोनारी वडा नं १ कुसुम क्षेत्रका जनता तथा जन प्रतिनिधिहरुसंग भेटघाट तथा छलफल गरेका छन । उनले वडा नं १ को कार्यालयमा भेला भएका जनतासंग बिकास निमार्णका बिषयमा छलफल गरेका हुन ।

छलफलका क्रममा सांसद अथकले बर्षौ देखि बत्ती बल्न नसेको कुसुम क्षेत्रमा बिजुलीको लाईन बिस्तार भई बत्ती बलिसकेको,हुलाकी सडक सुचारु भएको,झोलुङगे पुल र पक्कीपुल निमार्ण हुने अवस्थामा रहेको र भवानीयापुर भौवानाका सडक बिस्तार हुन गईरहेको भन्दै सुगम जिल्लाको दुर्गम गाउका रुपमा रहेको कुसुम क्षेत्र बिकासको मुल प्रवाहमा समिटिन लागेको बताए ।

उनले युवाहरु स्वरोजगार हुने तर्फ लाग्न सुझाउदै युवाहरुलाई ब्यवसायिक कृषिमा लाग्न आहृान समेत गरेकाछन । लाछलफलमा स्थानियहरुले निकुन्जका कारण आफुले लगाएको बालीको सुरक्षा गर्न कठिन भएका कारण तारबारको ब्यवस्था गर्न माग गरेकाछन । नेकपा वडा नं १ का अध्यक्ष याम बहादुर खडकाले नदी पारी क्षेत्रमा पनि निकुन्ज बिस्तार हुने हल्लाले स्थानिय बासी त्रसित रहेको जानकारी दिँदै यसको बिषयमा गहिरो छलफल गर्न माग गरे,यस्तै वडा नं १ का वडा अध्यक्ष चन्द्र बहादुर वलीले कुसुम क्षेत्र बिकट भएकाले यहाको बिकास निमार्णमा राज्यले प्राथमिकता दिनुपर्ने बताए ।

स्थानियहरुले उठाएका सवालमा सांसद अथकले क्रमिक रुपमा सवै समस्याहरुको हलगर्ने प्रतिबद्धत्ता जनाउनुका साथै उनले कोरोना बाट बच्न सवैजना सजग रहन राज्यले अपनाएका मापदण्डको पालना गर्न पनि आग्रह गरे ।

Nabintech