११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
निर्माणकै क्रममा भएको प्राविधिक कमजोरी पिस कन्स्ट्रक्सनले सच्चाउँदै


कोहलपुर/ कोहलपुर नगरपालिका वडा नम्बर ११ कालिकानगरमा सडक कालोपत्रे गर्ने क्रममा भएको कमजोरी निमार्ण कम्पनिले सच्चाएको छ ।

निर्माण कम्पनी पिस कन्स्ट्रक्सन एण्ड विल्डर्स सेवाले निर्माणका क्रममा रहेको सडकमा केही कमजोरी भएपछि आफुहरुले सो सच्चाएर पुनः पिच गर्न लागेको सञ्चालक सुवास गिरीले बताए । गिरीले उच्च प्रबिधको प्रयोग गरेर सडक कालेपत्रे गर्ने क्रममा केही मानबिय कमजोरी भेटीए पछि आफैले सोही दिन सडक भत्काएर पुनः निर्माण गर्न लागेको नयाँकोर्सलाई जानकारी दिए ।

उनले मेसीनको प्रयोग गरेर कोहलपुरमा पहिलो पटक पिच गर्न लागेको र सो क्रममा प्राबिधीक कमाजोरी भएको बताए । भदौ सम्म निर्माण सम्पनन गर्ने गरि नौसय मिटर सडक कालोपत्रेका लागि जिम्मा लिएका थिए । उनले निर्माण अवधि नसकिदै , काम गर्ने क्रममा देखिएको कमजोरी आफैले सच्चाएको बताए । ९ सय मिटर पिच मध्ये ३ सय मिटर सडकमा समस्या आएको बताए ।

नगरपालिकाको ४९ लाख ० हजार ४ सय ८ बजेटमा ९ सय मिटर सडक कालोपत्रे गर्ने भनि पिस कन्स्ट्रक्सन एण्ड विल्डर्स सेवाले जिम्मा लिएको थियो ।

०७७ असार १४ बाट काम सुरु गरेको निर्माण कम्पनीले बताएको छ । सो काम भाद्र मसन्त सम्म सकिसक्नु पर्ने सम्झौतामा उल्लेख रहेको गिरीले बताए । गिरीले गुणस्तर हीन समाग्रिको प्रयोगले नभएर मेसिनको प्रयोगका क्रममा भएको कमजोरीले उक्त समस्या आएको बताए । उनले निर्माण अवधी पनि नसकिएको र आफुले पेश्की बाहेकको बाँकी रकम समेत नलिएको नयाँकोर्सलाई जानकारी
दिए । उनका अनुसार मापदण्ड अनुसारको सडक निर्माण गर्ने काम भई रहेको
छ ।

स्थानिय सुबास कार्कीले निर्माणका क्रममा भएको कमजोरी निर्माण कम्पनी आफैले भत्काएर पुर्ननिर्माण समेत गरिरहेको जानकारी दिए ।

Nabintech