१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लक डाउनकाबीच कोहलपुरमा फस्टाउदो यौन धन्दा


कोहलपुर /कोहलपुर नगर क्षेत्र भित्र एक दर्जन बढि होटल तथा रेष्टुरेन्टहरुमा यौन धन्दा हुने गरेको खुलेको छ । कोहलपुर नगर क्षेत्रको १० बिगाह , कोहलपुर बसपार्क , हवल्दारपुर र कोहलपुर २ को सालको बुटो क्षेत्रमा रहेका होटल तथा रेष्टुरेन्टहरुमा यौन व्यावासाय हुने गरेको खुलेको हो ।

होटल तथा रेष्टुरेन्टमा  कोठाहरुमा युवती राखेर खुलेआम व्यावसाय हुने गरेको
हो । यौन व्यावसाय गर्ने होटल सञ्चालकहरुले प्रहरीलाई मासिक रुपमा पैसा दिएर खुलेयाम व्यवसाय गर्ने गरेको एक होटल व्यवसायीले नाम नलेख्ने सर्तमा दाबि गरेका छन । कोरोना महामारीका बिच होटल व्यवसाय धरासायी भएपनि यौन व्यावसाय भने चालु हालतमा रहेको उनको भनाई छ ।

अन्य समयमा भारतबाट पनि पुरुष यौन ग्राहकहरु आउने गरेको भएपनि लकडाउनका समयमा भने स्थानीय ग्राहकहरु नै आउने गरेको व्यावासयीहरुको भनाई छ । एक जना होटल व्यवसायीका अनुसार आफै जोडि बनेर आउनेहरुलाई केहि समयका लागि कोठा दिनेहरु थुप्रो संख्यामा भएपनि केहि होटलहरुमा युवति राखेर व्यावासय गर्ने गरिएको छ ।

दश बिगाह क्षेत्रका एक व्यवसायीका अनुसार मासिक ५० हजार भाडा तिर्ने गरी लिएको घरमा थप ५० हजारमा प्रहरी मिलाउने गरेको दाबि गरे । कोहलपुर क्षेत्रमा व्यवसायीक रुपमा यौन धन्दा गराउने एक दर्जन बढी होटल र रेष्टुरेन्ट रहेको उनले बताए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख कुलदिप चन्दले लक डाउनका कारण प्रहरी त्यता नलागेकाले अबैध गतिबिधी भएको हुनसक्ने भन्दै नियन्त्रण गर्न प्रहरी लागि परेको बताए । उनले हवल्दारपुर क्षेत्रका रहेको प्रहरी बिटलाई निगरानि बढान निर्देशन दिएको बताए ।  उनले यौन धन्दा गलत भएको भन्दै नियन्त्रणका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । उनले अबैध क्रियाकलाप नियन्त्रणका लागि स्थानिय बासिन्दाले प्रहरीलाई सुचना दिएर सघाउनु पर्ने बताए ।

Nabintech