३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
अख्तियारका १५ जनामा कोरोनाभाइरस संक्रमण


काठमाडौं/अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आयोगका जनसम्पर्क तथा सञ्चार विज्ञ शरद अधिकारीका अनुसार १ सय ८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

‘संक्रमण देखिएकामध्ये १४ प्रहरी र एक सिभिल ड्राइभर हुन्, प्रमुख आयुक्तसहित अन्य पदाधिकारीहरूको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने।

अधिकारीका अनुसार प्रहरी प्रधान कार्यालयबाट काजमा आयोग आएका एक जना सईलाई ज्वरो आएको थियो।

‘परीक्षण गर्दा गत बिहीबार उहाँमा कोरोना संक्रमण पुष्टि भयो। शुक्रबारदेखि आयोगमा ठूला बैठक रोकिएका थिए,’ उनले भने।

प्रहरीमा कोरोना देखिएपछि आइतबार बिहान कार्यालयमै प्रमुख आयुक्त नवीन घिमिरेसहितको स्वाब संकलन गरिएको थियो।

पछिल्लो समय प्रहरी प्रधान कार्यालयमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो।

Nabintech