३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा १४१ घरधनीबाट भाडा छुट


कोहलपुर (बाँके )/ कोरोना भाइरस महामारी रोकथामका लागि जारी बन्दाबन्दीको अवधिमा बाँकेका १ सय ४१ घरधनीले उद्योगी, व्यवसायीलाई घर भाडा छुट गरेका छन् । कम्तीमा एक महिनादेखि बढीमा चार महिनासम्मको घरभाडा छुट भएको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वलीले जानकारी दिए ।

उनका अनुसार घरभाडा छुटको तथ्याङ्क सङ्कलन भइरहेको छ । करिब रु तीन करोड बराबरको घर भाडा छुट भएको अनुमान छ । घरधनीले कम्तीमा रु १० हजारदेखि एक लाख ५० हजारसम्म बढी छुट दिएको पाइएको छ । भाडा छुट पाउनेमा आधाभन्दा बढी होटल रेष्टुरेन्ट नै छन् । कपडा पसल, ज्वैलर्स, प्लाष्टिक, बिजुली, बैंक, वित्तीय संस्थालगायत रहेका छन् ।

Nabintech