४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
एक घर एक पिसिआर जाँच गर्न युवा संघ बाँकेको माग


कोहलपुर/राष्ट्रिय युवा संघ बाँकेले एक घर एक पिसिआर जाँच गर्न माग गरेको छ । राष्ट्रिय युवा संघ बाँकेले कोरोना संक्रमनको जोखिम समुदायमा देखिएकाले एक घर एक पिसिआर जाँच गर्न माग गरेको हो ।
आईतवार राष्टिय युवा संघ बाँकेका सहसंयोजक आकाश कार्कीले एक प्रेस विज्ञप्ती निकालदै समुदायमा कोरोना संक्रमण रोकथाम गर्न परिक्षणको दायरा बढाउन माग गरेका छन । अन्यथा कोभिड १९ जिल्लामा भबिस्यमा भयावह हुने निस्चित छ तसर्थ समयमै सम्पुर्ण बाँके बासी सजक , सतर्कता साथ अत्यावश्यक काम बाहेक घार बाहिर ननिस्कन सबैमा हार्दिक अपिल गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, समुदायमा संक्रमण फैलिएको हुनाले यो लकडाउन अवधिमा एक घर एक पिसिआर परिक्षण तात्काल गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न चाहन्छु । अन्यथा कोभिड १९ हाम्रो जिल्लामा निकट भबिस्यमा भयावह हुने निस्चित छ तसर्थ समयमै सम्पुर्ण बाँके बासी सजक , सतर्कता साथ अत्यावश्यक काम बाहेक घार बाहिर ननिस्कन सबैमा हार्दिक अपिल गर्दछु ।

Nabintech