१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
भ्रममा नपर्न नेकपाको अपिल


कोहलपुर/कोहलपुर नगरपालिका वडा न ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी केही युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेको भन्ने बिभिन्न सामाजिक सञ्जाल र मिडियामा आएका समाचारहरु प्रती नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर ५ ले आपत्ति जनाएको छ ।
नेपाली काँग्रेसको पार्टी प्रबेश गरेका भनिएका जनक बिसि सहित अन्य ६५ जना हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी  (नेकपा), यसका पुर्ववत पार्टीहरु पुर्व माओवादी केन्द्र र पुर्व एमाले र यसको कुनै भातृ संगठनको साधारण सदस्य समेत नरहेको नेकपा कोहलपुर ५ का अध्यक्ष तिकल सिह कार्की र सचिव देबि प्रसाद भुषालद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
बिज्ञप्तीमा पार्टीका साधारण सदस्य समेत नरहेका व्यक्तिलाई नेकपा परित्याग गरि नेपाली काँग्रेसमा प्रबेश गरेको भनि प्रचार झुटो र कपोलकल्पीत भएको भन्दै भ्रममा नपर्न नेकपा पार्टी पंति र आम जनसमुदायमा अपिल गरिएको छ ।

Nabintech