१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
युवाहरु जुटे सामाजिक कार्यमा


कोहलपुर /कोहलपुर नगरपालिका वडा नं. १ को वडा कार्यालय जाने बाटोमा साइन बोर्ड राखिएको छ । वडा नं १ र २ का केहि युवाहरुको समूहले वडा नं. १ को वडा कार्यालय जाने बाटोमा आफ्नै खर्चमा सबैले देख्न र पढ्न सक्ने ठूलो साइजको साइन बोर्ड राखेका हुन् ।
हाम्रो ठाउँ हामी आफै बनाऔं अभियानका युवाहरुले आफ्नै खर्चमा बोर्ड राखेको अभियानका अभियान्ता माधव सापकोटाले बताए । सापकोटाले समाज मा भएका राम्रा कुरामा समर्थन र नराम्रा कुरा को बिरोध गर्दै आएको समेत बताए ।
यस अघि उनिहरुले हात धुने साबुन ,पानी को ट्याङ्की , क्वारेन्टाइन मा मास्क सेनिटाईजर वितरण गरेका थिए । विद्यालयमा अध्यन गरिरहेका गरीब तथा जेहेन्दार विद्यार्थीको लागि अक्षय कोषको निर्माण गरेको  हाम्रो ठाउँ हामी आफै बनाऔं अभियानका अभियान्ता सापकोटाले बताए । विदेशबाट समेत यस्ता सामाजिक काममा कलेन्द्र दसैदी ले सहयोग गरिरहेको हाम्रो ठाउँ हामी आफै बनाऊ अभियानका अभियान्ताहरुले नयाँ कोर्सलाई बताए ।

Nabintech