१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोहलपुरमा बेथिती : श्रोत बिना ७ करोडको टेण्डर

ठेकेदार कम्पनी भन्छ : काम गरेर पनि भुक्तानि पाएनौ



कोहलपुर/कोहलपुर नगरपालिकाले श्रोत बिनानै टेण्डरमा भ्यु–टावर निर्माणको काम गरिरहेको पाईएको छ ।

कोहलपुर ११ गोलपार्कमा भ्यु टावरका लागि ७ करोडको टेण्डर आब्हान गरेकोे थियो । ७ करोडको टेण्डर ५ करोड ८८ लाखमा एसोसिएट जय भवानि जेभिले स्वीकार गरि निर्माण कार्य समेत द्रुत गतिमा अगाडि बढाई सकेपछि श्रोतको अभाव भएको हो । निर्माण कम्पनिका प्रतिनिधी र्अजुन पनेरुले काम गरि बिल भरपाई अनुसारको रकम भुक्तानिका लागि नगरपालिकामा पेश गरे पनि श्रोत अभाव भएको भन्दै रकम निकासा नदिएको जानकारी दिए । उनले कोहलपुर नगरपालिकाले रकम अभाव भएको भन्दै नगर बिकास समितीलाई देखाउने गरेको छ ।

कोहलपुर नगर बिकास श्रोतका अनुसार आफुहरुसंग लिखत सम्झौता बिनानै कोहलपुर नगरपालिकाले टेण्डर अब्हान गरेको हो । टेण्डर आब्हान गरेर रकम अभाव भएपछि मात्रै आफुहरुलाई सो वारे जानकारी आएको श्रोतका भनाई छ । दुई ओटा सरकारी निकायले काम गर्दा कुन निकायले कति लगानि गर्ने हो सो बारे टेण्डर आब्हान पुर्व सम्झौता हुनु पर्ने नगर बिकास श्रोतको दाबि छ । त्यसो त कोहलपुर नगरपालिकाले भ्यु टावर निर्माणका लागि नगर बिकास समितिसंग पुर्व स्विकृती लिनु पर्ने भएपनि आफ्नो एरिया भित्र संरचना निर्माण गर्न पुर्व स्विकृती समेत नलिएको नगर बिकास श्रोतले बताएको छ ।

कोहलपुर नगरपालिकाका प्राबिधिक महादेव जोशीले पहिलो चरणको काम सम्पन्न भएर ५५ लाख भुक्तानि भई सकेको जानकारी दिए । उनले दोस्रो चरणको काम अन्र्तगत एसोसिएट जय भवानि जेभिले ५ करोड ८८ लाखमा निर्माणको जिम्मा पाएको बताए । उनले पेश्की रकम वापत १ करोड सुरुमा भुक्तानि दिएको जानकारी दिए । उनले थप लगानी कोहलपुर नगर बिकास समितीले गर्ने जानकारी आफुले पाएको भएपनि यसको प्रक्रिया बारे आफु अनबिज्ञ रहेको जानकारी दिए । प्रोजेक्ट औपचारीक रुपमा कोहलपुर नगर बिकासलाई हस्तान्तरण भएको बारे समेत आफुलाई जानकारी नभएको उनको भनाई छ ।

कोहलपुर नगर पालिकाका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र देव भारतिले श्रोत बिना टेण्डर आब्हान गरेको भएपनि आफु सरुवा भएर जाने समयमा भ्यु टावर निर्माण परियोजना नगरबिकास समितीलाई हस्तान्तर गर्ने निर्णय गरेर गएको कोहलपुर नगरपालिका श्रोतको दाबि छ ।

कोहलपु नगर बिकास श्रोतका अनुसार ठूला आयोजनामा लगानी गर्नका लागि शहरी बिकास मन्त्रालयबाट पुर्व स्किृती लिनु पर्ने प्रावधान रहेको छ । पूर्व स्किृती बिना यति ठुलो लगानि गर्न सकिदैन नगर बिकास श्रोत भन्छ । कोहलपुर नगर बिकास श्रोतका अनुसार नगरपालिका अन्र्तगत नै नगरबिकास समिति लाई राख्ने गरी नगर बिकास समिती गठन भएपछि निति र बिधि बिपरीत थुपै निर्णयहरु भएका छन ।

श्रोतका अनुसार कोहलपुर नगर बिकास क्षेत्र बाहिर पनि नगर बिकास समितीको पैसा लगानी गरिएको छ । नगर बिकास समितीका एक सदस्यका अनुसार कोहलपुर नगर पालिका वडा नं ८ मा २ करोड र कोहलपुर नगरपालिका वडा नं १२ मा १ करोड लगानी भएको छ ।

शहरी बिकास मन्त्रालय, शहरी बिकास बिभागका डिजाईन शाखा प्रमुख सुनिल कुमार ठाकुरले नगर बिकास समितीको चार किल्ला भन्दा बाहिर नगर बिकास समितीले लगानी गर्न नपाउने बताए । उनले नगर बिकास क्षेत्रको बिकासका लागि मात्रै खर्च गर्न पाउने प्रावधान छ । उनले भने नगर बिकास क्षेत्र बाहीर बिकास गर्नका लागी त स्थानिय सकार छदैछ नि ।

Nabintech