१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 रोकिएको जडिबुटी निकासी सुरु


सिमकोट – कोरना संक्रमणका बेला सिमकोट विमानस्थलमा रोकिएको जुडिबुटी हवाई मार्गबाट नेपालगञ्ज निकासी हुन थालेको छ।

बन्दाबन्दी खुकुलो भई सरकारले हुम्ला जिल्लाका लागि हवाई यातायात सुचारु गर्ने निर्णय गरेसँगै रोकिएको जडिबुटी निकासी हुन थालेको हो।

व्यापारीले स्थानीय प्रशासनसँगको समन्वयमा सिमकोट विमानस्थलमा रोकिएको जडिबुटी हवाई मार्गबाट निकासी सुरु भएको व्यापारी छिरिङ लामाले बताए।

जहाजमा निकासी हुन नसक्दा जडिबुटी कुहिने चिन्ता भएको बेला निकासी गर्न पाएपछि व्यापारीलाई राहत भएको छ।

हाल जडिबुटी मध्य कुट्की एक हजार १४१ केजी, सेताक चिनी अठार हजार ३४५ केजी, अतिस ७५ केजी, सुगन्धवाल सात हजार २३० केजी, गुच्ची च्याउ ४२७ केजी र बीस जरा दुई सय केजी नेपालगञ्ज हवाई मार्गबाट निकासी भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख मनोज चौधरीले बताए।

Nabintech