१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
मास्क नलगाई हिडने बटुवाहरुलाई मास्क वितरण


कोहलपुर/बाँकेमा कोरोना भाइरसको संक्रमण बढेसंगै कोरोना सम्वन्धी सचेतना तथा मास्क वितरण कार्यलाई तिव्रता दिइएको छ ।
बुधबार नेपालगञ्जका विभिन्न स्थानमा कोरोना नियन्त्रण सचेतना कार्यक्रम सहित विभिन्न सचेतनामूलक कार्यक्रम तथा मास्क वितरण गरिएकोमा आज शुक्रवार साँझ कोहलपुरको चौराहबाट पिपिलचौतारा सम्म सचेतना अभियान सहित बटुवाहरुलाई मास्क वितरण गरिएको थियो ।

कोहलपुर उद्योग वाणिज्य संघको सहकार्यमा गरिएको सचेतना कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग सहित उद्योगी व्यापारी, राजनैतिककर्मी, लगायतको सहभागितामा सचेतना कार्यक्रम गरिएको थियो ।
कोहलपुरको चौराहबाट शुरुवात भएको सचेतना तथा मास्क वितरण कार्यक्रम पिपलचौतारा सम्म पुगी विर्सजन भएको थियो ।
कार्यक्रममा मास्क नलगाई हिडने बटुवाहरुलाई मास्क वितरण गरिएको थियो भने कोरोना सम्वन्धी सचेतना प्ले कार्ड सहित सहभागिता रहेको थियो ।

पिपल चौतारामा विर्सजन भएको कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथी बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्ग , उद्योग वाणिज्य संघ प्रदेश नं। ५ का सदस्य नरेन्द्र शर्मा र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारीले सचेतना मन्तव्य दिइएको कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले जनाए ।
यसैबिच कोरोना संक्रमितको संख्या बढेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले शनिवार रातीदेखी ३ दिन निषेधाज्ञा गर्ने भएको छ ।

Nabintech