२८ चैत्र २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
उप–प्रमुख थारुको पहलमा कोहलपुरमा हाईमास्ट बत्ति


कोहलपुर/ कोहलपुरका १५ स्थानमा हाई मास्ट बत्ति जडान कार्य सुरु गरिएको
छ ।
कोहलपुर नेपालगंज सडक खण्ड र मुख्य बजार क्षेत्रमा हाईमास्ट बत्ति जडान सुरु गरिएको हो ।
कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी थारुले शहरी बिकास मन्त्रालयको सहयोगमा सो बत्ति जडान सुरु गरिएको नयाँकार्सलाई जानकारी दिईन । कोहलपुरलाई थप सौदर्यकरण गर्न र रातको समयमा हुन सक्ने दुर्घटना रोक्न आफुहरुले हाईमास्ट बत्ति जडानका लागि गरेको प्रस्ताव तत्कालीन शहरी बिकास मन्त्री मो. ईस्तियाक राईको सहयोगका कारण सफल भएको बताईन ।
उनले हाईमास्ट जडानका लागि सहयोग गर्ने तत्कालीन मन्त्री राईलाई समेत धन्याबाद दिएकी छन । उनले दशै अघि सम्पुर्ण बत्ति जडान गरि सकिने जानकारी समेत दिएकी छन ।
कोहलपुरमा पहिलो पटक हाईमास्ट बति जडान गर्न लागिएको हो । उप–प्रमुख थारुले आफुहरुले १५ ओटै वडाका लागि २५ थान बत्ति प्रस्ताव गरेको भएपनि पहिलो चरणमा १५ ओटा बत्ति जडान गर्न लागिएको हो ।

Nabintech