१५ मंसिर २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
युवा इन्जिनियर डाँगी माछापालनमा


कोहलपुर/पछिल्लो समय आधुनिक कृषि तर्फ शिक्षीत युवाहरुको आर्कषण बढेको छ । युवाहरुको आकर्षण बढेसंगै परम्परागत रुपमा हुँदै आएको कृषिको आधुनिकीकरण र व्यवसायी करण पनि बढेको छ ।
राप्तीसोनारी ५ बिनौनाका युवा इन्जिनियर प्रेम डाँगी माछापालन व्यवसाय सुरु छन । डाँगीले मुनाल एग्रो फर्म नामक फर्म सञ्चालन गरेर डेढ बिगाह क्षेत्रफलमा व्यवसायीक रुपमा माछापालन सुरु गरेका हुन ।
डाँगीले पहिलो चरणमा बिभिन्न जातका ४० हजार भुरा हालेको जानकारी दिए । उनले आगामि दिनमा ५ बिगाह क्षेत्रफलमा पोखरी बनाएर माछापालन गर्ने लक्ष्य रहेको नयाँ कोर्सलाई जानकारी दिए ।
बाँके माछापालनका लागि उपयुक्त रहेको डाँगीको भनाई छ । उनले ईन्जीनियरीङ पेशाका साथै कृषि क्षेत्रमा आफुले हात हालेको बताए । उनले कृषि क्षेत्रलाई अव आकर्षण व्यवसायको रुपमा लिने अवस्था सृजना हुँदै गएको बताए ।
डाँगीको माछापालन फर्मको बिहिवार बाँके क्षेत्र नं १ का सांसद महेश्वर गहतरज अथक, राप्ती सोनारी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दल बहादुर बस्नेत लगायतले अवलोकन गरेका छन । अथकले शिक्षित युवाहरु व्यवसायिक खेति तर्फ आर्कषण हुनु उत्साह जनक भएको बताए । देशमा आत्म निर्भर अर्थतन्त्रको निर्माणका लागि कृर्षि क्षेत्रको बिकास अवश्यक रहेको बताए ।
सांसद अथकले उत्साही कृषि व्यवसायीलाई राज्यले पनि उत्पे्ररणा दिनुपर्ने धरणा राखे ।

Nabintech