३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा आइतवारबाट निशेधाज्ञा जारी


बाँकेमा/आइतवारबाट निशेधाज्ञा जारी  गरीएको छ ।कोरोना भाईरस कोभिड-१९ को संक्रमण बढ्दै गएपछि बाँकेमा निशेधाज्ञा जारी जारी गरीएको छ । बिहिबार बसेको जिल्ला संकट ब्यवस्थापन समिति (सिसीएमसी) को बैठकले आईतबारदेखी तिनदिनसम्म निशेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

लकडाउन खोलेसँगै जिल्लामा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि निशेधाज्ञा लगाउनुपर्ने अवस्था आएको कुरुम्वाङले बताए ।

आजै राजश्व कार्यालय नेपालगन्जका ११ सहित नेपालगन्जका १६ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमणको दर बढ्न थालेपछि बाँके प्रशासनले कडा कदम चाल्न बाध्य भएको कुरुम्वाङले बताए ।

Nabintech