२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
युरिया मलको अभाव : मल नेपाल आउन अझै एक महिना लाग्ने


कोहलपुर/धानबाली गोडमेल गर्ने बेला भैसक्दा पनि मलको समस्या उस्तै छ । रासायनिक मल नपाउँदा किसानलाई समस्या भएको छ । मनसुनले साथ दिएपछि समयमै धान रोपाइँ सकेका किसानलाई यो बेला युरिया मलको अभाव भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खेबालीका लागि झण्डै ७० हजार मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ । त्यसमा पनि साउनदेखि भदौसम्म १ महिना झण्डै ४० हजार मेट्रिक टन युरिया मल आवश्यक पर्छ । तर हरेक वर्षजस्तै यसवर्ष पनि किसानले समयमै मल पाउन नसकेका हुन् ।
झण्डै ४ महिनादेखि युरिया मल भारतमा अड्किएको छ । भारत गुजरातको कान्डला बन्दरगाहमा २१ हजार ५ सय मेट्रिक टन युरिया मल अड्किएको हो । ‘साल्टको २१ हजार ५ सय टन युरिया मल समयमा आएन’ प्रवक्ता केसीले भन्नुभयो, ‘धानबाली गोडमेल गर्नुपर्ने यो बेलामा पनि किसानले मलकै अभाव व्यहोर्नुपर्ने अवस्था आयो ।’

रोकिएको युरिया मल नेपाल आउन अझै एक महिना लाग्ने भएको छ । साल्ट टे«डिङले लकडाउन अघि दुबईको मल्टी कमोडिटिज कम्पनीमार्फत ओमानबाट किनेको युरिया लकडाउनका कारण भारतको गुजरात कान्डला बन्दरगाहमा आएपछि अलपत्र परेको हो । भारतमा रोकिएको मल आउन नसकेपछि सरकारले चीन र रुसबाट थप ५० हजार मेट्रिक टन युरिया मल ल्याउने तयारी गरेको कृषि मन्त्रालयका प्रवक्ता केसीले जानकारी दिनुभयो ।

Nabintech