२० फाल्गुन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
लाखौ मूल्य बराबरको अवैध सामाग्री बरामद


कोहलपुर/सशस्त्र प्रहरीको नेपालगन्ज जयसपुर बिओपीले भारतबाट भित्रीरहेको लाखौ मूल्य बराबरको अवैध सामाग्री बरामद गरेको छ।
गएराती १२ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ बाट जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको नेतृत्वमा गएको टोलीले विद्युतीय सामाग्रीमा १० थान मोबाइल सेट, ३२ थान मोबाईलको चार्जर,७ थान सानो वुफर, घडी १ थान, डाटा केबल ठुलो ७ थान र डाटा केबल सानो ९ थान बरामद गरेको हो। यस्तै टोलीले सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती २९५ पोका र बिडी १९० बन्डल बरामद गरेको हो।
बरामद गरिएका सबै अवैध सामग्रीको मूल्य १ लाख १३० रुपैयाँ रहेको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।
बरामद गरिएका विद्युतीय सामाग्री लगायत सुर्तीजन्य सामाग्रीलाई आजै भन्सार कार्यालय नेपालगन्ज बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Nabintech