२१ श्रावण २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नदी आसपासका बासिन्दालाई सुरक्षित बस्न स्थानीय प्रशासनको आग्रह


बर्दिया/बर्दियामा नदी आसपासका बासिन्दालाई सुरक्षित भएर बस्न स्थानीय प्रशासनले आग्रह गरेको छ । अहिले त्यहाँ पानीको सतह ९ दशमलव ३ मिटर पुगेको र १० पुगेपछि खतराको तह पार हुने भएकाले सावधानी अपनाउन प्रमुख जिल्ला अधिकार लिलाधर अधिकारीले आग्रह गर्नुभयो ।

यस्तै ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ७ बठनपुरलगायतका ठाउँका डुबान भएपछि अहिले उद्धारको काम चलिरहेको छ ।

अरु नदी खोलामा पनि बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, कन्काई, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबइसहितका अरु नदी खोलामा अबको तीन दिन बाढीको जोखिम छ ।

Nabintech