९ आश्विन २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
 दाङमा पहिरोले पुरिएर आमा छोरीको मृत्यु


दाङ/बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ। वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुस्माको गाउँपालिका अध्यक्ष भक्तबहादुर वली जानकारी दिए। पहिरोले आउँदा घरको आधा भाग भत्किएको अध्यक्ष वलीले बताए। घरमा पाँचजना बस्ने भए पनि आमा छोरी सुतेको कोठा मात्र पहिरो भत्काएको छ। शवलाई पोष्टमार्टमको लागी अस्पताल पठाउने तयारी भइरहेको अध्यक्ष वलीले बताए।

Nabintech