११ आश्विन २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक


कोहलपुर/ आज अन्तर्राष्ट्रिय बाघ दिवस नेपालमा पनि मनाइँदै छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपालमा पनि २९ जुलाइको दिन अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने गरिन्छ ।

सन् २०२२ भित्र बाघको संख्या दोब्बर पुर्याउने प्रतिबद्धता नेपालले सन् २०१० मा जनाएको थियो । त्यतिबेला नेपालमा १ सय २१ बाघ थिए । सन् २०१८ मा गरिएको गणनाअनुसार नेपालमा २ सय ३५ बाघ पाइएका छन् ।

Nabintech