११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कोरोना मुक्त ६ जना घर जाँदै


कोहलपुर /बाँकेका थप ६ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ आज ती ६ जना घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका अनुसार, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट खजुरा ८ का एक महिला, आइसोलेसन सेन्टर आदर्शनगर नेपालगन्जबाट खजुरा २ का एक पुरुष, ३ का एक पुरुष, ८ का दुई पुरुष र नेपालगन्ज २१ का एक पुरुष गरी ६ जना डिस्चार्ज भइ घर जान लागेका हुन ।

योसंगै कोरोना मुक्त भइ घर जानेको संख्या ३ सय ७९ पुगेको छ ।

अब विभिन्न आइसोलेसनमा प्युठान र जुम्लाका एक, एक समेत २६ जना संक्रमितको उपचार भइ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा हालसम्म ४ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गइ सकेको छ ।

त्यसैगरी, जिल्ला बाहिर घर भइ बाँकेमा कार्यरत ९जुम्लाका एक र प्युठानका एक गरी० २ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समेत बाँके जिल्ला भित्र संक्रमित हुनेको संख्या ४ सय ७ पुगेको छ ।

Nabintech