२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सांसद अथक सहितको टोली डुवान प्रभावित क्षेत्रमा

भक्ता खोला र चुके नाला डाईभर्सन गर्न माग



कोहलपुर /राप्तीसोनारी गाउँपालिका वडा नं ९ लाई भक्ता खोलाको कटान रोक्ने पहल गर्नका लागि सांसद महेश्वर गहतराज (अथक) सहितको टोलिले स्थलगत निरक्षण गरेको छ ।


सांसद अथक,बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ , बाँकेका प्रहरी प्रमुख ओम बहादुर राना , बाँके राष्ट्रिय निकुञ्जका प्रमुख प्रमोद भटराई , शसस्त्र प्रहरी प्रमुख दिपक अधिकारी , नेपाल सेनाका कर्णेल सहितको स्थानीय जनप्रतिनिधीको टोलिले कटानको स्थलगत अवलोकन गरेको हो ।
अवलोकन पछि भक्ता खोला र चुके नालाको कटान र डुवान रोक्नका लागि स्थानीय वासिन्दसंग अन्र्तक्रिया गरेको थियो । सो क्रममा स्थानियले भक्ता खोलालाई डाईभर्र्सन गरि रिम्ना खोला र चुके नालालाई डाईभर्सन गरि बांगेसाल खोलामा झार्न सुझाव दिएका थिए ।
सो खोला र नालाले बर्षेनी १० औं बिगाह खेतियोग्य जमिन कटान तथा डुवान गर्ने गरेको स्थानियको भनाई रहेको छ ।
सांसद अथकले स्थानीयको सुझाव अनुसार डुवान र कटान रोक्न पहल चाल्ने प्रतिबद्धता जनाएका छन । सो क्रममा सो टोलिलले उद्यन बुच्चापुर सिचाई आयोजनाको फुटेको बाँधको पनि स्थलगन निरक्षण गरेका थियो ।
बाँके राष्ट्रिय निकुञ्ज एरिया भित्र पर्ने भएकाले बन मन्त्रालयसंग समन्वय गरेर काम गर्ने सांसद अथकले जानकारी दिए ।

Nabintech