२२ फाल्गुन २०७७, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बर्दियामा माछाको होलसेल मुल्य तोकियो

भारतबाट आउने माछा रोक्न माग



कोहलपुर/बर्दियाका किसानहरुले माछाको होलसेल मुल्य निर्धारण गरेका छन् ।नेपाल मत्स्य व्यवसायी संघ बार्दियाको बैठकले जिल्लामा उत्पादन हुने माछाको होलसेल मुल्य निर्धारण गरेको अध्यक्ष गणेश लम्सालले जानकारी दिए । लम्सालका अनुसार रंगिन माछा प्रतिकिलो ३ सय २५ , सिल्भर २ सय ५० , बिगेट ३ सय र बैखा माछा ३ सय रुपैया प्रतिकिलोका दरले बिक्रि गर्ने निर्णय गरिएको छ ।
अध्यक्ष लम्साल सहितको टोलिले मंगलबार नै बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बिभिन्न बाटो हुदै भारतिय माछा आयात भएको भन्दै रोक्न ध्यानाकर्षण गराएको छ । बैखा र मंगुर जातका बिषादी हालिएका माछाहरु बर्दिया र पूर्वि जिल्लाहरुबाट अबैध तरिका बाट भित्रीएको भन्दै रोक्न माग गरिएको हो ।
बर्दिया जिल्ला माछापालनका हिसावले उपयुक्त मानिन्छ । जिल्लामा हाल १ हजार २ सय घर परिवार माछा पालन व्यवसायमा आवद्ध रहेको र ३ सय ५० हेक्टरमा माछा पालन भई रहेको पनि लम्सालले जानकारी दिए ।

Nabintech