२४ बैशाख २०७८, शुक्रबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोली तयारी अवस्थामा


कोहलपुर/बाँकेका आठ स्थानीय तह बाढीको उच्च जोखिममा रहेकाछन् । आठ स्थानीय तहका ३५ वटा वडाहरुका ११४ गाउँ बाढीको उच्च जोखिममा रहेका छन्।
बाँकेको आपतकालीन कार्य सञ्चालन केन्द्रले १०४ गाउँ बाढीको उच्च जोखिममा रहेको जनाएको हो ।
बाढीको उच्च जोखिममा रहेका गाउँका स्थानीयहरुलाई सु्रक्षित रहन आग्रह गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए। उनले बाढीबाट हुने क्षति न्यूनीकरण गर्न उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको बताउँदै उद्धार गरिएका ब्यक्तिलाई सेल्टरमा राख्ने र बाढीमा परेका ब्यक्तिको उद्धारका लागि प्रयोग हुने हेलिकोप्टर बस्ने हेलिप्याड निर्माण गरिएको बताए।

Nabintech