४ माघ २०७७, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बैजापुरमा बत्तिबाल्न सक्रिय भए अथक

तिन महिना भित्र बैजापुरमा बत्ति बालिने



कोहलपुर/राप्ती सोनारी गाउँपालिका वडा नं ३ र ४ बैजापुर क्षेत्रमा बत्ति बाल्न संघिय सांसद एवं नेकपा नेता महेश्वर गहतराज अथक सक्रिय भएका छन । बैजापुरमा ३३ केभि लाईन र राप्तीसोनारी क्षेत्रका लागि सव स्टेशन निर्माण भएको भएपनि सो क्षेत्रमा विद्युतिकरणका काम हुन सकेको छैन ।
सोमबार अथक सहितको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जबाट कर्मचारी सहितको टिमले सो स्थानको स्थलगत निरीक्षण गरेको हो ।
सो क्रममा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत विद्युत विस्तार गर्न बाँकी रहेका राप्तीसोनारी गा.पा.वडा न.३ र ४ का बैजापुर नयाँ बस्ती, बबई टोल लगायतका स्थान र जनसमुदायहरुसंग भेटघाट तथा अन्र्तक्रिया गरेको अथकका स्वकिय सचिव दिलीप सोनीले जानकारी दिए ।
ठेकेदार राजेन्द्र मिश्र १० वर्ष देखि काम होल्ड गर्दा राप्ती सोनारी र नरैना पुर क्षेत्रको अधिकांस स्थानमा विद्युतिकरण भई सक्दा पनि राप्तीसोनारी ३ र ४ मा विद्युतिकरणको काम हुन सकेको छैन । सांसद अथककै पहलमा सो ठेक्का रद्ध गर्ने प्रक्रिया सुरु गरिएको छ ।
प्राविधिक सन्तोष रावल नेतृत्वको प्राविधिक सहितको टोलिले सर्बे गरेको हो । सर्वेपछि स्टेमेट तयार काम अगाडि बढाईन प्राविधिक रावलले जानकारी दिए । सांसद अथकका अनुसार राजेन्द्र मिश्र संगको ठेक्का बद्धर गरेको ३ महिना भित्र काम सम्पन्न गर्ने गरि क्षेत्रिय कार्यालयले काम सुरु गरेको नयाँकोर्सलाई जानकारी दिए । यस अधि सांसद अथकको पहलामा राप्ती सोनारी र नरैनापुर गाँउपालिकाको अधिकांस स्थानमा विद्युतिकरणको काम सम्पन्न भई सकेको छ ।

Nabintech