११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपाल पत्रकार महासंघ प्रदेश ५ को बैठक बुटवलमा सम्पन्न


कोहलपुर/नेपाल पत्रकार महासंघ प्रदेश ५ को बैठक बुटवलमा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश ५ समितिका अध्यक्ष मौषम रोकायको अध्यक्षतामा प्रदेश अस्थायी राजधानी बुटवलमा बसेको सचिवालय बैठकले महासंघको सांगठनिक विषय, कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असर, पत्रकारको कोरोना विमा, कार्यालय व्यवस्थापन लगायतका विविध विषयमा छलफल गरेको छ ।
बैठकमा कोरोना महामारी संक्रमण रोकथामका लागि जारी लकडाउनका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको महासंघको नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने केन्द्रको निर्णयानुसार प्रदेश ५ का जिल्ला शाखाहरुल साउन २५ गतेभित्र नयाँ सदस्यता सिफारिश र सदस्यता नवीकरण विवरण अनिवार्य रुपमा प्रदेश समितिमा पठाउनुपर्ने निर्णय गरिएको छ ।
यसैगरी बैठकमा कोरोना महामारीका कारण प्रदेश ५ मा सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेजसहित प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै संक्रमित पत्रकारको विमा दावीको लागि प्रदेश समितिले सम्बन्धित विमा समितिसँग पहल गर्ने निर्णय गरिएको छ ।
प्रदेश ५ का ७४३ जना सक्रिय पत्रकारको महासंघ प्रदेश समितिमार्फत कोरोना विमा गर्ने कार्यमा सहयोग गर्ने प्रदेश सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ ।
लोककल्याणकारी विज्ञापन वापतको शुल्क भुक्तानी लगायत सञ्चार केन्द्रबाट हुने कार्यहरु जिल्ला हुलाक कार्यालय भैरहवा रुपन्देहीबाट मात्रै हुँदा अपायक भईरहेकोले योे कार्य प्रदेशका सबै जिल्ला हुलाक कार्यालयबाट हुने व्यवस्था मिलाउन प्रदेश सरकार र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई ध्यानाकर्षण गराउने निर्णय गरेको नेपाल पत्रकार महासंघ प्रदेश ५ महासचिव भेषराज बस्नेत बताए ।

Nabintech