११ मंसिर २०७८, शनिबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
सोल्टी होटलबाट ६ केजी अवैध लागुऔषध अफिम सहित ४ जना व्यक्तिहरु पक्राउ


दाङ/जिल्ला प्रहरी कार्यालय दाङले शनिबार बिहान एक पत्रकार सम्मेलन गरी असार ८‌ गते बिहीबारको दिन अपराह्न साढे ५ बजे दाङको भालुवाङ स्थित दक्षिणकाली सोल्टी होटलबाट ६ केजी ९६७ ग्राम अवैध लागुऔषध अफिम सहित ४ जना व्यक्तिहरु पक्राउ गरेको जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्दले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटि गएको प्रहरी टोलीले दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित अजय पुडासैनीले सञ्चालन गरेको दक्षिणकाली सोल्टी होटलमा लागुऔषध हिरोइन अफिमको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा छापा मार्दा उक्त ठूलो मात्राको अफिम सहित चार जना व्यक्तिलाई पक्राउ गरेको बताउनुभएको छ ।
उक्त पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुमित खड्का एवं अन्य प्रहरी अधिकृत तथा जवानहरूको पनि उपस्थिति रहेको थियो ।

पक्राउ पर्नेहरुमा जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं २ बस्ने बर्ष २२ को लालसिंह बिक,जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ३२ को हर्क बहादुर घर्ती मगर,जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं २ बस्ने बर्ष ३२ को लालमन घर्ती मगर र जिल्ला रोल्पा सुनछहरी गाउँपालिका वडा नं।५ बस्ने बर्ष ३५ को दुज बहादुर रोका रहेकाछन् ।

Nabintech