१२ आश्विन २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
युवा संघका सदस्य अजय पुन मगर सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश


कोहलपुर/बाँकेको कोहलपुरमा नेकपाको भातृ संगठन राष्ट्रिय« युवा संघका सदस्य अजय पुन मगर सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाको ३८ औँ स्मृती दिवसको अवसरमा मगर सहित ९४ जना युवाहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । अजय पुन मगर नेकपा बाँकेका जिल्ला कमिटी सदस्य समेत हुन ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहितले नेकपा बाँके युवा संगठनका सदस्य अजय पुन मगर सहित ९४ जना युवाहरुलाई नेपाली कांग्रेसमा प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा बोल्दै मगरले अबको राजनैतिक यात्रा विपीले देखाएको बाटोबाट अगाडी बढने बताएका छन् । साथै, ३८ औँ विपि स्मृती दिवसको अवसरमा रक्तदान गरेर उनीहरुले पार्टी प्रवेश गरेका हुन ।

Nabintech