११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जनार्दन शर्मा प्रभाकरका बारेमा सञ्चार माध्यममा आएका समाचारबारे खण्डन


कोहलपुर /नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्मा प्रभाकरका बारेमा सञ्चार माध्यममा आएका समाचारबारे खण्डन गरेको छ ।अध्यक्ष प्रचण्डसँग जोडेर गरिएको प्रचार भ्रामक भएको भन्दै सचिवालयले नेताहरुमाथि लगाइने आरोप र दुष्प्रचार निन्दनीय रहेको बताएको छ ।

अध्यक्ष प्रचण्डको निजी सचिवालयको तर्फबाट प्रेस संयोजक विष्णु सापकोटा जुगलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकतादेखि आजसम्मको काममा कमरेड प्रभाकरले अध्यक्ष कमरेड प्रचण्डलाई सहयोग गर्दै आउनुभएको विदितै छ । अहिलेको पार्टी भित्रको आन्तरिक बहसमा पनि उहाँ पार्टी एकताका पक्षमा लाग्नुभएको हो । कमरेड प्रभाकरमाथि अध्यक्ष कमरेड प्रचण्डसँग जोडेर गरिएका भ्रामक प्रचारहरुलाई खारेज गर्दछौं ।’

Nabintech