८ आश्विन २०७७, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जन्मदिनको दिन बिहानै तटबन्धनमा लागे मनोज डागी र उनका साथिहरु


कोहलपुर  /जन्मदिनको दिन एका बिहानै मनोज डागी आफ्ना तीन गाउँका साथिहरुलाई जम्मा गरेर कोहलपुर १२ रोहिणी खोलाले कटान गरेको जानकी टोलमा तटबन्ध गर्न पुगेका हुन् । ने.क.पा वडा कमिटी अध्यक्ष गगन सिङ राना को नेतृत्वमा कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैया निवासी मनोज डागिले जन्मदिको अवसरमा आफ्नो समकालीन साथिभाइहरू सहित अफ्नो गाउँ आफै बनाउ भन्दै कटान क्षेत्रमा अस्थायी तटबन्ध गरेका छन् ।

श्रावण महिनाको सुरुवात सङ्गै आएको लगातारको बर्षाको कारण रोहिणी खोलाले कटान सुरु गर्न थालेको थियो। जसको कारण जानकी टोल जोखिममा परेको छ।जोखिममा परे सङ्गै तत्काल विपद बाट बचाउन कटान गरेको केही भाग सेना र सशस्त्र लगायत स्थानियको सहयोगमा तटबन्धन गरिए पनि बाकी रहेको केही भाग आज कोहलपुर १२, र १३ का भर्खरै युवा अवस्थामा प्रवेस गरेका युवाहरुले आफ्नो साथिको जन्मदिनको अवसरमा तटबन्धन लगाएका हुन् । सधै साथिभाइको साथमा हो- हल्ला रमाइलो गरेर मनाउने जन्मदिन यसपाली भने केही सामाजिक कार्य गरेर मनाउने सोच बनाएर एका बिहानै उनी कटान क्षेत्रमा पुगेका थिए । भर्खरै किशोरावस्था बाट युवाअवस्थामा प्रवेस गरेका डागीको उमेर अनुसार सोचमा पनि परिवर्तन आएर सामाजिक कार्यमा सङ्लग्न भैइ जन्मदिन मनाएको बताएका छन् । जन्मदिन मनाउन कटान क्षेत्रमा पुगेका डागी लगायत उनकासाथिहरु सामाजिक कार्यमा आफुलाई समर्पित गर्न पाउँदा एकदमै खुसी थिए ।

करिब ४०जनाको उपस्थितिमा रहेको युवाहरूको टिमले २० मिटर जति तटबन्धन गरेका छन् । उनिहरुको यो कार्यले अरु युवाहरुलाई पनि हौसला मिल्ने र सामाजिक कार्यमा उर्जा मिल्ने बताउछ्न नेकपा वडा कमिटी अध्यक्ष गगन सिङ राना।

Nabintech