१० श्रावण २०७८, आईतवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा पुष्पलाल स्मृति दिवस मनाइयो


नेकपाका संस्थापक नेता स्वर्गीय पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस मनाइएको छ । नेकपा बाँकेको आयोजनामा नेपालगन्जको पुष्पलाल चोकमा रहेको श्रेष्ठको सालिकमा अबिर तथा माल्यार्पण गरिएको थियो ।

कार्यक्रममा नेकपाका नेता तथा संविधान सभा सदस्य देवराज भार, प्रदेश सांसद बाबुराम गौतम, प्रदेश सांसद तथा पार्टी जिल्ला अध्यक्ष आईपी खरेल, पार्टी सचिव अशोल कोईराला लगायतका नेताहरुले कम्युनिस्ट आन्दोलनमा पुष्पलालले गरेका योगदानका बारेमा चर्चा गरेका थिए ।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए । नेकपाको स्थापना कोलकाताको श्यामबजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो ।

Nabintech