३१ जेष्ठ २०७८, सोमबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
दाङमा ६ महिनाभित्र आयल निगमले डिपो संचालन गर्दै


कोहलपुर/ मुख्यमन्त्री शंकर पोखरेलसँगको भेट वार्तापछि नेपाल आयल निगमले दाङको तुलसीपुर उपमहानगरपालिकामा इन्धन डिपो स्थापनाका लागि प्रकृया सुरु भएको जानकारी गराएको छ । निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलले सो कुरा जानकारी गराउनु भएको थियो ।

ठेक्का प्रक्रिया पुरा भएर निर्माण कार्य सुरु हुने भएको कुरा महाप्रबन्धक पौडेलले बुधबारको भेटमा जानकारी गराएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनु भयो । मुख्यमन्त्री पोखरेललाई महाप्रबन्धक पौडेलले डिपोका लागि टेण्डर भई ठेक्का स्वीकृत भईसकेको जानकारी गराउनु भएको थियो । महाप्रबन्धक पौडेलले डिपो ६ महिनाभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने बताउनुभयो । तुलसीपुर विमानस्थलमा दैनिक २ वटा उडानसेवा सञ्चालनमा आएको भएपनि इन्धन डिपो नहुँदा यहाँका यात्रुहरुले चर्को भाडा तिर्दै आएका थिए । इन्धनको अभावमा पूर्ण क्षमताको यात्रु बोक्न नसक्दा भाडा बढाउनुपरेको नेपाल वायुसेवा निगमले वताएको थियो ।

मुख्यमन्त्री पोखरेलले डिपो निर्माण तोकिएको समयसीमाभित्र गुणस्त सहितको काम हुने विश्वास व्यक्त गर्दै डिपो सञ्चालनपछि दाङमा हवाई यातायात सञ्चालन सहज र भरपर्दो हुने बताउनु भयो । महाप्रबन्धक पौडेलले मुख्यमन्त्रीले व्यक्त गुर्न भएको चासो र तदारुकतालाई आफुले गम्भिर रुपमा लिएको र कार्य सम्पन्न पनि हुने जानकारी स्वकीय सचिवले जानकारी गराउनु भयो ।

Nabintech