११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
प्रेस युनियन बाँकेको बिशेष साधारण सभा माग


कोहलपुर/ प्रेस युनियनका बहुसख्यक सदस्यले बिशेष साधारण सभाको माग गरेका छन । युनियनका नेता चेतकान्त भटट्राईलाई निलम्वन गर्न केन्द्रमा सिफारिस गरेको बिरोधमा बहुसख्यक सदस्यले बिशेष साधारण सभा माग गरेका हुन ।
बिशेष साधारण सभा माग गर्नेमा हालको कार्यसमितिका २ जना पदाधिकारी र आधादर्जन कार्यसमिती सदस्य सहित ८१ जना रहेको श्रोतले जानकारी दिएको छ । त्यसैगरि संगठनका पुर्व अध्यक्ष लगायतका नेताहरुले पनि बिशेष साधारण सभा माग गर्ने निर्णय पुस्तिकामा हस्ताक्षर गरेको श्रोतको दाबि छ । उक्त निर्णय पुस्तिका अध्यक्ष अर्जुन ओलिले बुझ्न नमाने पनि ईमेल मार्फत पठाईएको एक नेताले जानकारी दिए ।
प्रेस युनियनका उप–महासचिव प्रेम केसीले २५ प्रतिसत साधारण सदस्यले बिशेष साधारण सभा माग गर्न सक्ने र माग गरेको २५ दिन भित्र बिशेष सधारण सभा बोलाउनु पर्ने बिधानमा उल्लेख रहेको नयाँ कोर्सलाई जानकारी दिए ।
सोहि बिषमा बुझ्न युनियन अध्यक्ष ओलिलाई गरेको फोन सम्पर्क सफल हुन सकेन् ।
प्रेस युनियन बाँकेको ५ महिना अधि मात्रै साधारण सभा सम्पन्न भएको थियो । अर्जुन ओलि ७६ मत ल्याएर अध्यक्षमा बिजयी भएका थिए । सोहि चुनावमा आफ्ना निकटतम प्रतिद्धन्दी रहेका भटट्राईलाई वर्तमान कार्य समितिले पदभार समेत नगर्दै कार्यवाहीको सिफारिस गरेको थियो । निकतम प्रतिद्धन्दी भटट्राई बर्तमान कार्यसमितिको सल्लाहकार समेत हुन ।
युनियनका अध्यक्ष ओलिले फोन नउठाए पनि श्रोतका अनुसार कार्यसमितले चेतकान्त भटराई लाई निलम्वन गर्न गरेको सिफारिस फिर्ता लिने निर्णय गरेको छ ।

Nabintech