४ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेको १० वटा आइसोलेसन खाली


कोहलपुर/बाँकेको आइसोलेसन खाली हुँदै गएका छन्। आइसोलेसनमा रहेका ३८३ जना संक्रमितमध्ये ३६६ जना निको भएर घर फर्किएपछि आइसोलेसन खाली भएका छन्। दुईवटा आइसोलेसन सेन्टरमा तीन महिला र १२ पुरुष गरी १५ जना संक्रमित मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बाँकेको नरैनापुर, डुडुवा र जानकी गाउँपालिका कोरोना मुक्त भएका छन्। ती गाउँपालिकाका सबै संक्रमित निको भएर घर फर्किसकेका छन्। बाँकेका आठवटा गाउँपालिकामा रहेका १२ वटा आइसोलेसन सेन्टरमध्ये १० वटा खाली भएपछि बन्द गरिएको छ। त्यसैगरी, यहाँका १०८ वटा क्वारेन्टाइन पनि बन्द भएका छन्। भारतलगायत अन्य देशबाट आउनेको संख्या घटेपछि यहाँका क्वारेन्टाइन बन्द भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए। बाँकेमा कोरोना संक्रमित एक पुरुष र एक महिला गरी दुईजनाको मृत्यु भएको छ। दुवैजनाको मृत्युपछि कोरोना पुष्टि भएको थियो।

Nabintech