२८ बैशाख २०७८, मंगलवार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बिबादित जग्गा बिप्लवको कब्जामा


कोहलपुर/कोहलपुर नगरपालिका वडा नं. ४ को बिवादित जग्गा प्रतिबन्धीत नेपाल कम्युनिष्ट पार्टी विप्लब समूहले कब्जा गरेको दाबि गरेको छ । बिप्लव नेकपाको थारुवान स्वायत जनपरिषद् नेपालले शनिवार रातीदेखी आफ्नो सत्ताको केन्द्रिय निति अनुसार नै उक्त सार्वजनिक जग्गा जनसत्ताको नियन्त्रणमा लिएको जनाएको छ ।
सो समुहले जग्गामा झण्डा र व्यानर समेत टागेको छ । २०६९ सालमा गठिन सुकुम्वासी समस्या समाधान आयोगले ४१ जनाको नाममा जग्गाधनी प्रमाण पुर्जा दिएपछि सो जग्गा बिवादित बनेको थियो ।
केहि दिन अघि सोही विवादित जग्गामा वडा कार्यालय निर्माणका लागि शिलन्यास गरिएको थियो । भने बाँकेका प्रमुख जिल्ला अधिकार राम बहादुर कुरङवागले सो जग्गालाई सार्वजनिक जग्गाको रुपमा संरक्षण गरिने बताएका थिए ।
४१ जनाको नाममा मालपोत असुली गर्ने पत्र वडा कार्यालयमा आएपछी निकै चर्चामा आएकै बेला उक्त जग्गामा वडा कार्यालय निर्माणका लागि शिलन्यास गरिएपछी बिप्लव नेकपाको जिल्ला जनपरिषद् बाँकेले उक्त जग्गालाई आफ्नो नियन्त्रणमा लिएको हो ।
सुकुम्वासी आयोगले ४१ जनालाई बितरण गरेको पुर्जा बारे अख्तियार अनुसन्धान आयोगले अनुसन्धान अगाडी बढाएको छ ।

Nabintech