१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण


कोहलपुर/ बाँकेको नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर टेष्टमा नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्ज कारागारमा रहेका एक जना थुनुवा र एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका ६ का २८ बर्षिय पुरुष र सुर्खेत गुर्भाकोट ६ का ३० बर्षिय प्रहरी जवानमा कोरोना पोजेटिभ भएको हो । प्रहरी जवान नेपालगन्ज कारागारमा कार्यरत रहेका छन् । उनिहरुमा लक्षण देखिएपछि अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हाल उनिहरुलाई खजुरा स्थित शुसिल कोइराला प्रखर अस्पतालमा रहेको आइसोलेशनमा राखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हाल बाँकेमा १८ जना आइसोलेसनमा रहेका छन् ।

Nabintech