१७ मंसिर २०७७, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
कला लम्सालको पातली  बोलको तिज गीत बजारमा


कोहलपुर (बाँके)/कला लम्सालले यस वर्षको तीजलाई  मध्यनजर गर्दै पातली ‘बोलको गीत बजारमा ल्याएकी छिन् । मौलिक गीत गाउने गायिकाको रुपमा चिनिएकी गायिका लम्सालले यसअघि ‘छड्के तिलहरी’, ‘छड्के तिलहरी–२’, ‘महारानी’ लगायतका तीज गीत बजारमा ल्याएकी थिइन् । गायिका लम्सालले  आफ\नै लगानीमा निर्माण गरेको उक्त भिडियो आफनै नयाँ युट्युव च्यानलबाट सार्वजनकि गरेकी हुन ।

तनहुँमा जन्मिएकी कला लम्साल, नेपाली लोक गायन क्षेत्रमा उदाउँदो नाम बनाउन सफल भएकी छन् । शिव हमालको शब्द तथा लयमा बजारमा आएको गीतमा कला लम्साल संगै करिस्मा ढकालले अभिनय गरेकी छिन् । गत बर्षको तीजमा तहल्का मच्चाएको सुपरहिट तीज गीत पातलीको अत्यधिक सफलतापछि चर्चित गायिका कला लम्सालले यस बर्षको तीजको कोसेली ‘पातली २’ लिएर बजारमा आएकी छन् । समकालीन कलाकारहरुभन्दा फरक देखिन रुचाउने गायिका लम्सालले कुनै स्टेज कार्यक्रममा मात्र होइन आफ्ना एल्बमहरुमा समेत नेपाली समाज र समयसापेक्ष सन्देश पस्कने गर्छिन् । गत बर्षको तीज गीत ‘पातली’ युट्युबमा झन्डै ४० लाख दर्शकले हेरे भने तीजको समयमा प्रत्येक गाउँशहरका चोक र गल्लीहरुमा त्यही गीत गुञ्जिएको सुनिन्थ्यो ।

चर्चित सर्जक शिव हमालको लय तथा शब्दमा कला लम्सालकै युटुब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले नेपाली साङ्गीतिक बजार तताएपछि यस बर्ष पनि त्यस्तै टिपिकल शव्दमा सजिएको गीत ‘पातली २’ लिएर गायिका लम्साल बजारमा आएकी हुन् ।

सुन्दर पर्यटकीयस्थल पोखराको लेकसाइडमा छायाङ्कन गरिएको तीज गीत पातलीमा गायिका कला लम्साल र दिपासा बीसीको नृत्य रहेको छ । प्रकाश भट्टले निर्देशन गरेको ‘पातली २’ गायिका कला लम्सालकै आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गत वर्षको पातली सुपरहिट भएपछि यस बर्ष पनि त्यो भन्दा झनै टिपिकल शव्द, लय र आवाजमा आएको त्यस्तै सुन्दर पर्यटकीयस्थल पोखरामा निकै मिहिनेतका साथ छायाङ्कन गरिएकाले पातली भन्दा अपार माया ‘पातली २’ ले पाउने गायिका लम्सालको अपेक्षा छ ।

कलाका १० वटा भन्दा बढी एल्बम बजारमा आइसकेको छ भने दुई दर्जनभन्दा बढी गीतहरुमा आवाज दिइसकेकी छिन् । उनले पुरुषोत्तम न्यौपानेसँग गाएको ‘तराई आँगन हिमालको छाना छ, कसले भन्यो हाम्रो देश सानो छ’ बोलको देशभक्ति गीत पनि चर्चामै रहेकोद थियो । हरितालिका तीज लोक संस्कृतीको जर्गेना गर्ने पर्व भएकाले आफूले मौलिक गीतलाई प्राथमिकता दिदै आएको गायिका लम्सालले बताइन । उनले तीज सँग नेपाली महिला तथा संस्कृतीको सम्बन्ध रहेको हुनाले परम्परा संरक्षण गर्नका लागि मौलिक गीतको निर्माण तर्फ लागेको बताईन् ।

तनहुँमा जन्मिएकी कला हाल काठमाडौँमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन् । सुन्दरी गायिकाको रुपमा परिचय कलाका हजारौँ फ्यान छन् । उनी गायनमा मात्र होइन्, मोडलिङमा पनि उत्तिकै जम्छिन् । उनले सांगीतिक क्षेत्रमा अझै अघि बढ्दै जाने र सांगीतिक क्षेत्रलाई अघि बढाउने योजना छ ।

Nabintech