११ कार्तिक २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा थप २ जना डिष्चार्ज


कोहलपुर/बाँकेमा आज थप २ जना कोरोना संक्रमित निको भएर डिष्चार्ज भएका छन् ।

आइसोलेसन केन्द्र आदर्शनगर नेपालगन्जबाट राप्तीसोनारी गाउँपालिका ८ का २५ वर्षीय पुरुष र आइसोलेसन केन्द्र पिपिरी कोहलपुरबाट कोहलपुर नगरपालिका ८ का ३५ वर्षीय पुरुष निको भएर डिष्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यो संगै बाँकेमा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या ३ सय ५० पुगेको छ । अब बाँकेमा २० जना मात्र आइसोलेसनमा छन् । जिल्लामा ३ सय ७२ जनामा संक्रमण पुष्टि हुँदा २ जनाको भने मृत्यु भएको छ ।

Nabintech