१ बैशाख २०७८, बुधबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
बाँकेमा बाढीको जोखिम, सतर्क रहन प्रजिअ कुरुम्वाङको आग्रह


कोहलपुर/बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जिल्लाका नागरिकलाई बाढी तथा डुवानको खतराबाट जोगिन सबैलाई सचेत गराएका छन् ।
बाँके जिल्ला अन्तरगतको राप्ती नदीमा शुक्रवार बाढी बिपद कृतिम अभ्यास गर्ने क्रममा प्रजिअ कुरुम्वाङले जिल्लाका विभिन्न स्थानहरुमा बाढी तथा डुवानको खतराले सावधानी अपनाउन आम नागरिकलाई अनुरोध गरेका हुन् । कुरुम्वाङले जिल्लाको राप्ती नदी आसपास तथा अन्य ठाउँमा बाढी तथा डुवानका कारण ठूलो मानवीय र धनमालको क्षति हुनु सक्ने भन्दै सर्तक रहन आग्रह गरे ।
उनले विभिन्न सुरक्षा संयन्त्र, रेडक्रस, विपद व्यवस्थापन समितिहरुलाई विपत आईपरेको खण्डमा तत्काल उद्दार तथा राहत कार्यमा जुट्न सम्बन्धित पक्षहरुको ध्यानाकर्षण गराउदै सुरक्षा निकायसहित विपद व्यवस्थापनमा खटिने निकायलाई तयार रहन आग्रह गरेका छन् । आगामी केही दिन अविरल वर्षा हुने बाढी आउने सम्भावना उच्च रहेकोले आ–आफ्नो पूर्व तयारी गर्न आम नागरिकलाई अनुरोध समेत गरेका छन् । उनले भने,–‘मनसुन वर्षा थप सक्रिय भईसकेकोले बाँकेमा बाढी, तथा डुबानका कारण ठूलो मानवीय र धनमालको क्षति हुन सक्छ । यहाँ बाढि र डुबानको थप समस्या आउन सक्छ । जोखिमयुक्त विपतको समयमा तपाई सम्पूर्णलाई विशेष सतर्क रही आ–आफ्नो स्थान र स्तरबाट सहयोगी बन्न तथा तिनै तहका सरकार र मुख्यतः सुरक्षा एवं स्वास्थ्य क्षेत्रमा संलग्न नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रस, व्यक्तिरसंस्थाहरुलाई उद्धार तथा सहायताका लागी हरदम तयारी अवस्थामा रहन आग्रह समेत गर्दछु ।’
मनसुन थप सक्रिय भएसँगै बाँकेमा कृतिम अभ्यास गरिएको हो । जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा बाँके खण्ड भएर बग्ने राप्ती नदीमा उक्त अभ्यास गरिएको हो । अभ्यासका क्रममा नदीमा कृतिम शव बनाई फालिएको थियो । सुरक्षा फौजको गोताखोर टोलीले डुङ्गा मार्फत उक्त शवलाई झण्डै आधा घण्टासम्मको खोजी पछि बाहिर निकालेका थिए । शव वा घाइतेहरुलाई नदीबाट उद्दार गरि बाहिर निकालीसकेपछी के कसरी व्यवस्थापन गरिन्छ भनेर देखाइएको थियो । गोताखोरको टोलीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु सम्मिलित थिए ।
यदी कुनै दुर्घटना भईहाल्यो भने सुरक्षा फौजको टोलीले सजिलै उद्दार गर्न सक्ने भएकोले खासै डराउनु नपर्ने बताए । बाढीको कृतिम घटना अभ्यास कार्यक्रममा बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना, ४ नम्बर बाहिनी अड्डाका प्रमुख जर्नेल सुरेश कुमार बानिया, भैरव प्रसाद गणका प्रमुख कर्नेल नकुल थापा, सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धानका निर्देशक कमल भट्टराई, नेपाल रेडक्रस सोसाइटीका सभापति गोवर्द्दन सिंह सम्झना, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

Nabintech