१० असार २०७८, बिहीबार
ट्रेन्डिङ #कोरोना #दिल्ली हिंसा #दुर्घटना #प्रतिनिधि सभा #अपराध #शिक्षा #नेपाली सेना
जानकी गाउँपालिकालाई प्रदेश नं ५ सरकारले ११ करोड ५० लाख सहयोग गर्ने


कोहलपुर/ बाँकेको जानकी गाउँपालिकालाई प्रदेश नं ५ सरकारले विकास निर्माण, आर्थिक उपार्जन र युवा रोजगारी लगाएत विभिन्न परियोजनाका लागि ११ करोड ५० लाख कार्यक्रमका शिर्षक सहित सहयोग गर्ने भएको छ । यसका साथै कार्यक्रमको शिर्षक नछुट्टीएको ३ करोड रमक पनि गाउँपालिकालाई सहयोग गरेको प्रदेश सांसद बाबुराम गौतमका बताउनु भएको छ । आर्थिक वर्ष २०७७।०७८ का लागि विनियोजित बजेटले यस गाउँपालिकाका नागरिकलाई ठूलो सहयोग हुने प्रदेश सभा सदस्य गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार प्रदेश सरकारको बजेट सबै भन्दा लोकपृय र जनभावनाको कदर गरेको बताउनु भएको छ ।

प्रदेश सांसदको सिफारिसमा जानकी गाउँपालिकाको शिक्षा क्षेत्रमा पूर्वाधार सुधार तथा निर्माणका लागि सबै क्षेत्रलाई समेटेको छ । यसका साथै महिलाका लागि निशुल्क स्वास्थ्य शिविर जस्ता प्रत्यक्ष नागरिकसँग जोडिने कार्यक्रम संचालन हुने छन् । सांसद गौतमले प्रसंसाको खाँचो नभएपनि स्वतन्त्र रुपमा भन्नु पर्दा मुख्यमन्त्री शंकर पोखरेलले सबै जिल्ला, स्थानीय तह र प्रदेशका नागरिकाको उन्नति प्रगतिका लागि जनमुखी बजेट बजेट विनियोजन गरेकोले यसमा गुनासा नभएको बताउनु भयो । उहाँले भन्नु भयो राजनीतिक रुपमा पहुँचका रुपमा जानकी गाउँपालिका सबै भन्दा कम राजनीतिक पहुँच भएको पालिका भएपनि यस वर्षका बजेटले पालिका बासीका पक्षमा उल्लेख्य काम हुने उहाँको धारणा छ ।
जानकी गाउँपालिकामा कहाँ कति कार्यक्रम बजेट छ ।
वडा नं ५ गुरुवा गाउँको तलाउ मर्मत २० लाख
पालिका स्तरी कोशेली घर निर्माण १० लाख
साना यन्त्र उपकरण औजार सहयोग १७ लाख ५० हजार
एक स्थानीय तह एक उत्पादन १७ लाख
कोरोनाका कारण घर फर्किएका युवालाई सामुहिक खेती अनुदान २० लाख
वडा नं १ मा बाख्रापालन सहयोग कार्यक्रम ४० लाख
जानकी गाउँपालिका एकिकृत वस्ती विकास कार्यक्रम ९० लाख
मुख्यमन्त्री ग्रामीण कार्यक्रम ६० लाख
गाउँपालिका भित्रका ५० वर्ष माथिका महिलाको निशुल्क पाट्ठेघर शल्यक्रिया र अन्धोपन निवारणका लागि १० लाख
सत्या हर्वल प्रोडक्सनमा जडिबुडी प्रसोधन मेसिन मर्मतका लागि ३० लाख
शिक्षातर्फ
कर्मोन निमाको कक्षा कोठा निर्माणका लागि १० लाख
मरिमायी प्रावि जुगनभरियाका लागि १० लाख
बनकटुवा प्राविलाई १० लाख
साइगाउँ शिवपुरी निमावि र उन्नतजातको बाख्रापालका घाँस खेतीका लागि १० लाख
मानपुर विद्यालयको खेलमैदान कम्पाण्ड निर्माण, गिजरा प्राविको कम्पाण्ड निर्माण, भाटनपुर विद्यालयको कम्पाण्ड निर्माण, बेलभार विद्यालयको कम्पाण्ड निर्माण, बढैया प्राविको कम्पाण्ड निर्माण, सिमान्कृत महिलाको आयआर्जन सहयोग, मदरसा शिक्षा विकास र पूर्वाधार विकास लागएतको जानकी गाउँपालिकाका अन्य कार्यक्रम ३ करोड

सडकतर्फ
शिवपुरी हुँदै जलपोखरी सडकका लागि २ करोड ५० लाख
परसपुर, बेलभार हुँदै राधापुर सडकका लागि ५० लाख
बेलभार बढैया सडकका लागि १२ लाख
कर्मोना, बन्जारेगाउँँ सहादतपुर सडकका लागि १२
ढोडेगाउँ, बेलभार राधापुर सडकका लागि ९ लाख ८० हजार
पीपरहवा, जयसपुर साइगाउँ हुँदै राधापुर सिमा सडकका लागि १६ लाख ४० हजार
साइगाउँ हुँदै मनिकापुर सडकका लागि २० लाख
साइगाउँ परसपुर सडकका लागि ३० खाल
खजुराखुर्द गिजरा लैनपुर सडकका लागि २० लाख
धम्बोझी बानियागाउँ, गुरुगाउँ सडकका लागि १० लाख
पुल
दोदरा नाला पुल बढैयामा १ करोड ५० लाख
किरन नाला सडक बनीयागाउँ हुँदै खजुराको भण्डारीय जोड्ने किरननालामा पुल ५० लाख
खानेपानी
इन्द्रगाउँ खानेपानी १० लाख
खजुराखुर्द खानेपानी ६१ लाख
गनापुर खानेपानी २० लाख
वेलहरी खानेपानी १० लाख
बेलभार खानेपानी १० लाख
बेलभार खानेपानी १० लाख

Nabintech